नेभिगेशन
सबै कुरा

संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको कार्यदलको बैठक निष्कर्षबिहिन

काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे कार्यादेश अर्थात टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षबिहिन बनेको छ । 

सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार दिनभर बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे सहमति जुट्न नसकेपछि निष्कर्षविहीन बनेको हो ।  कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री रवि लामिछानेलाई पनि छानबिनको दायरामा ल्याउनैपर्ने अडान कायमै राखेको छ । तर सत्तापक्षले अहिले नाम उल्लेख गरिएका सहकारीको नाम राखेर जान सकिने तर व्यक्ति केन्द्रित बनाउन नहुने अडान राखेपछि बैठक रोकिएको हो । बैठकपछि कांग्रेस नेता तथा कार्यदलका सदस्य जीवन परियारले गृहमन्त्रीमाथि राज्यको निकायले छानबिन गर्न सक्दैन भनेर नै आफूहरुले संसदीय छानबिन समितिको माग गरेको भन्दैसोही कुरामा सहमति नभएको बताउनुभयो । यद्यपि विश्वासको वातावरण बनिरहेकाले साँझ बस्ने बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे । अहिले प्रतिनिधिसभामा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने तयारी भएकाले त्यसपछि पनि फेरि छलफल थालिने परियारले जानकारी दिए । 

कार्यदलका अर्को सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताए । खनालले समग्र सहकारीको विषय  भन्दा पनि कांग्रेसले गृहमन्त्रीलाई फोकस गरिरहेको भन्दै कुनै एक व्यक्तिलाई मात्रै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित नहुने बताए । 

सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...
महाधिवेशन सम्बन्धमा काँग्रेस नेताहरुबीच आ–आफ्नै अडान, बिहीबार बस्ने गरी बैठक स्थगित

महाधिवेशन सम्बन्धमा काँग्रेस नेताहरुबीच आ–आफ्नै अडान, बिहीबार बस्ने गरी बैठक स्थगित

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरुले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने संस्थापनइतर समूहका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्...