नेभिगेशन
सबै कुरा

र्‍यापर रेडक्यापको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । र्‍यापर गौरव पौडेल रेडक्यापले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर पौडेलले आफ्नै आधिकारिक युट्युब च्यानल ‘रेडक्याप म्युजिक’मार्फत  ‘लेभलको गाना’ रिलिज गरेका हुन् ।

यसअघि करिब आधा दर्जन गीत सार्वजनिक गरिसकेका पौडेलले आइतबार २ मिनेट ५४ सेकेन्डको गीत सार्वजनिक गरेका हुन् । शब्द, कम्पोज र स्वर आफ्नै राखेर र्‍याप सार्वजनिक गरेका उनले यस विधामा सकै कुरा खुलेर राख्न पाउने बताउँछन् । ‘खुलेर सबै कुरा राख्न पाउनुपर्छ भन्ने मेरा पुरानै मान्यता हो । स्वभाव पनि त्यस्तै छ ।’, र्‍यापर पौडेलले भने, ‘यो विधा (र्‍याप) मा पनि त्यहि कुरा लागू हुने भएका कारण जन्मदिनमा थप खुल्न चाहेको हुँ ।’

पर्वत घर भएका र्‍यापर पौडेल सञ्चारकर्मीसमेत हुन् । सानैदेखि साहित्यिक क्षेत्रमा रुची राख्ने पौडेल काठमाडौँ आएर संघर्ष गर्दै आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका वेथितिबारे उजागार गर्दै आएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

घरेलु बजारको आकार बढाउने उक्त चलचित्रको सफलताको श्रेय अभिनेता बरालले प्राप्त गर्नुका कारण उनको केन्द्रीय भूमिका थियो । उक्त चलचित्रमा अभिनेता बरालले पूर्णबहादुर गन्धर्वको भूमिका निर्वाह गरेका छन्...
युट्युबमा तीज गीतको लहर

युट्युबमा तीज गीतको लहर

‘दाइ र भाइले पिपलगेडी खाको मैले छाम्दा गोजी रित्तै भाको...’
लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘मत नराउरी’ सार्वजनिक

लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘मत नराउरी’ सार्वजनिक

नेपाली लोकसंगीतको क्षेत्रकी चर्चित र लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘मत नराउरी’ सार्वजनिक भएको छ। तीज पर्वको माहोलमा युट्युबमार्फत सार्वजनिक भएको यस गीतले चेलीबेटीको मनको कुरा,...
‘मैले तयार गरेको गीतहरु आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ ?’ : गायक अनिल सिंह

‘मैले तयार गरेको गीतहरु आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ ?’ : गायक अनिल सिंह

“मैले तयार गरेको अडियोहरू म आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ । मैले श्रव्यदृश्य निर्माणका लागि ती गीतहरू दिएको थिएँ, तर अहिले म आफैँले ती...

भर्खरै