नेभिगेशन
सबै कुरा

शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति : काभ्रेमा जग्गा, ११ तोला सुन, सय तोला चाँदी तथा डेढ करोड बढी बैंक ब्यालेन्स

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काभ्रेमा ८ आना ६ पैसा ३० जग्गा रहेको छ । उनले उक्त जग्गा आफ्नो पारिश्रमिकबाट खरिद गरेको उल्लेख छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीसँग ११ तोला सुन रहेको र उक्त सुन उनले विवाहमा उपहार पाएको उल्लेख छ । त्यस्तै उनीसँग हिराको हार एक सेट, हिराको टप एक सेट र चाँदी सय तोला रहेको छ । 

Ncell
Extreme Energy

उनले हिराको हार र चाँदी विवाहमा उपहार पाएको र हिराको टप भने हजुरआमाले उपहार दिएको उल्लेख गरिएको छ । उनीसँग १ करोड ५२ लाख रुपैयाँ नगद रहेको छ । उक्त रकम उनले पारिश्रमिक प्राप्त गरेकी हुन् । 

त्यस्तै उनीसँग ३ कमपनीको शेयर रहेको छ भने बाबुले दिएको नबिल बौंकको ७४९ कित्ता सेयर छ । उनीसँग १ लाख ८५ हजार मूल्य बराबरको स्कुटर र कम्पनीको नाममा रहेको २० लाख रुपैयाँ मूल्य बराबरको इभी गाडी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।