नेभिगेशन
सबै कुरा
नागरिकता किर्तेमा कैलाश सिराेहिया पक्राउ प्रकरण :

कानुनभन्दा माथि कोही हुँदैन, कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो : रास्वपा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कानुनभन्दा माथि कोही नहुने बताएको छ । नागरिकता किर्ते प्रकरणमा पक्राउ परेका कैलाश सिरोहियाबारे विज्ञप्ती सार्वजनिक गर्दै रास्वपाले जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नुपर्ने बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दोहोरो नागरिकता लिएको उजुरी र धनुषा जिल्ला अदालतको पक्राउ पूर्जी जारी भएपछि मंगलबार काठमाडौँबाट पक्राउ परेका सिरोहियाबारे मिश्रित प्रतिक्रिया आएपछि रास्वपाले कानुन सबैले मान्नुपर्ने बताएको हो । ‘विधिको शासनको अर्को सौन्दर्य हो, ‘कानुन भन्दामाथि कोही हुँदैन’। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नैपर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो ।’, विज्ञप्तीमा भनिएको छ, ‘कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

Ncell
Extreme Energy

त्यस्तै रास्वपाले लोकतन्त्र स्थापनामा लडेकाहरुप्रति सम्मान रहेको र त्यही योगदानको बहानामा जे गर्न पनि छुट नहुने बताएको छ । ‘विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ । तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ ।’, विज्ञप्तीमा भनिएको छ। 

त्यस्तै सिरोहियाको पक्राउलाई लिएर विभिन्न संघ संस्था र व्यक्तिले प्रेस स्वतन्त्रताको हनन भएको बताइएको तर सिरोहिया पत्रकार नभएको साथै अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको पार्टीले प्रस्ट पारेको छ । रास्वपाले भनेको छ, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।