नेभिगेशन
समाज

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

समितिमा प्रस्तवित राजदूतहरुबिरुद्ध ७ वटा उजुरी परेका छन्

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आज बसेको समितिमा प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरीहरु समिति सदस्यहरुलाई अध्ययनका लागि बितरण गर्र्दै असोज २६ देखि २८ गतेसम्म सुनुवाइ गर्ने निर्णय गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । 

Marvel
Extreme Energy

संसदीय सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन र उजुरीहरूको अध्ययन गर्नका लागि सांसदहरूलाई केही दिन समय दिइएको उनले बताए । 

समितिमा प्रस्तवित राजदूतहरुबिरुद्ध ७ वटा उजुरी परेका छन् । जसमध्ये १३ जनाविरुद्ध नै एउटा उजुरी, भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेविरुद्ध १ उजुरी, साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध २ वटा उजुरी र जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध ३ वटा उजुरी परेको सभापति श्रेष्ठले जानकारी दिए । 

असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशमा राजदूत नियुक्तिका लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।
जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त ऋणको भार थप्ने माध्यम बन्नुहुँदैनः परराष्ट्रमन्त्री खनाल

तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) अन्तर्गत शुक्रबार आयोजित ‘साना टापु राष्ट्र तथा अल्पविकसित मुलुकको जलवायु वित्त आवश्यकता र वित्तमा पहुँच’ विषयक...
कृषि तथा पर्यावरणमन्त्री गिता चौधरी र चीनका वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच भेटवार्ता

कृषि तथा पर्यावरणमन्त्री गिता चौधरी र चीनका वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच भेटवार्ता

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० का अवसरमा बिहीबार छलफल भएको हो । छलफलमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र...
नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराएका हुन् ।