नेभिगेशन
सबै कुरा

गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्न सडकमा कार्यकर्ता उतार्ने कांग्रेसको निर्णय

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्न कार्यकर्तालाई सडकमा उतार्ने भएको छ । बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको आरोपसहित कारबाहीको माग गर्दै कार्यकर्ता सडकमा उतार्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडकमा कार्यकर्ता उतार्न पार्टीले आफ्ना भातृ सङ्गठनहरु नेविसंघ, तरुण दल लगायतलाई पत्राचार गर्ने निर्णय गरेको हो । पार्टीले सुरुमा आगामी जेठ ११ गते काठमाडौँमा र त्यसपछि निरन्तर जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । सहमती बनाउने सहमतिपछि कांग्रेसले गृहमन्त्रीलाई संसदमा बोल्न दिएको थियो । जसका क्रममा गृहमन्त्री लामिछाने छानबिन समिति बनाउन आफू तयार रहेको बताएका थिए । तर समितिको कार्यदेश बनाउन गठित कार्यदलमा सहमति जुट्न नसक्दा छानबिन समितिको टुंगो लाग्न सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।