नेभिगेशन
सबै कुरा

कैलाश सिरोहिया पक्राउ पर्दा सञ्चारको हक खोसिएको छैन, अनावश्यक हल्ला नगरौँ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता कीर्ते प्रकरणमा कैलाश सिरोहिया पक्राउ पर्दा सञ्चारको हक नखोसिएको बताएका छन् । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे विभिन्न संघ संस्थाहरुले प्रेस स्वतन्त्रता हनन भएको अनर्गत प्रचार गरेको भन्दै ओलीले झापाको एक कार्यक्रममा सो अभिव्यक्ति दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओलीले फौजदारी अभियोगमा पत्रकारितासँग जोड्दै नजोडिएको विषयलाई पत्रकारिताको स्वतन्त्रता हनन भएको भन्दै गलत र भ्रामक प्रचार गरेर अनावश्यक हल्ला गर्न आवश्यक नभएको बताएका छन् । ‘...सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने । डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार भए ।’, ओलीले थपे, ‘डेमोक्रेसी नै खतरामा परिहाल्यो त ? के सञ्चारका हकहरू खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सिरोहियाको पक्राउलाई लिएर गृहमन्त्रीको समाचारसँग जोडिनु गलत भएको बताएका छन् । ‘पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।