नेभिगेशन
सबै कुरा

कैलाश सिरोहिया पक्राउ पर्दा सञ्चारको हक खोसिएको छैन, अनावश्यक हल्ला नगरौँ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता कीर्ते प्रकरणमा कैलाश सिरोहिया पक्राउ पर्दा सञ्चारको हक नखोसिएको बताएका छन् । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे विभिन्न संघ संस्थाहरुले प्रेस स्वतन्त्रता हनन भएको अनर्गत प्रचार गरेको भन्दै ओलीले झापाको एक कार्यक्रममा सो अभिव्यक्ति दिएका हुन् । 

ओलीले फौजदारी अभियोगमा पत्रकारितासँग जोड्दै नजोडिएको विषयलाई पत्रकारिताको स्वतन्त्रता हनन भएको भन्दै गलत र भ्रामक प्रचार गरेर अनावश्यक हल्ला गर्न आवश्यक नभएको बताएका छन् । ‘...सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने । डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार भए ।’, ओलीले थपे, ‘डेमोक्रेसी नै खतरामा परिहाल्यो त ? के सञ्चारका हकहरू खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।’

त्यस्तै उनले सिरोहियाको पक्राउलाई लिएर गृहमन्त्रीको समाचारसँग जोडिनु गलत भएको बताएका छन् । ‘पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...

भर्खरै