नेभिगेशन
सबै कुरा

मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार विराटनगरमा महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दैै यादवले मुलुकको अहिलेको संसदीय प्रणाली पटक पटक असफल भइसकेको भन्दै मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

Ncell
Extreme Energy

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक प्रणालीबाट छनौट हुने संसद आवश्यक भएको उनको भनाइ छ । उनले मुलुक स्वेच्छाचारी तानाशाहको चंगुलमा फस्ने सम्भावना देखिएकोले जनतालाई सचेत र सजग हुन आग्रह समेत गरे ।

अध्यक्ष यादवले लोकतन्त्रलाई धरापमा पार्न प्रेस स्वतन्त्रता हनन् गर्ने कार्य शुरु भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले नै हाकाहाकी पार्टी फुटाएको भनेकाले लोकतन्त्रको भविष्य आफुले नदेखेको बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।