नेभिगेशन
सबै कुरा

संसदमा स्वर्णिमको आक्रोश, कांग्रेसको भूमिका लज्जास्पद भएको टिप्पणी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सदनमा कांग्रेसले गरिरहेको नाराबाजी औचित्यहीन भएको दाबी गर्दै कांग्रेसले संसदमा देखाएका भूमिका लज्जास्पद भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

कांग्रेस सांसदले नाराबाजीका बीच जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले ६५ वर्ष अगाडि बीपी कोइरालाले स्थापित गरेको मानकलाई कांग्रेसको आजको अवस्थाले लज्जित बनाएको टिप्पणी गरे । उनले भने, ‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका पे्ररणा, मेरा त राजनीतिक आदर्श विश्वेश्वर प्रसाद कोइराला, विपी कोइरालाले ६५ वर्ष अगाडि स्थापित गर्नुभएको मानकलाई आज आज आज यो अवस्थामा पुर्याउनलाई, यो लज्जास्पद, यो लज्जास्पद, यो लज्जास्पद, यो लज्जास्पद, यो औचित्यहिन विरोध प्रति मेरो घोर खेद छ, मेरो घोर खेद छ । संसदको ओझ, संसदको गरिमा, संसदको उपदेयतालाई असान्दर्भिक बनाउने कदम प्रति मेरो घोर विरोध छ ।’ 

साथै वाग्ललेले ७४ हजार बचतकर्ताको समस्या समाधान गर्न तर्फ लाग्ने हो कि व्यक्ति केन्द्रित भएर नजिर बनाउने हो भनेर कांग्रेसलाई प्रश्न समेत गरे । वाग्लेले संसदको ओझ र गरिमालाई असान्दर्भिक बनाउने भन्दा पनि सहकारी पीडितको समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘समिति बनाउनका लागि सहमति भइसकेको छ । टीओआरमा नेगासियसन चल्दा चल्दै विरोध किन ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।