नेभिगेशन
सबै कुरा

न्युरोडमा फुटपाथ बढाउने काठमाडौँ महानगरको कदम कानूनसम्मत छैनः यातायातमन्त्री रघुवीर महासेठ

काठमाडौँ । उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले न्युरोडमा फुटपाथ बढाउने काठमाडौँ महानगरको कदम कानूनसम्मत नभएको बताएका छन् ।  

आइतबार संसद भवन सञ्चारकर्मीसंग कुरा गर्दै महासेठले सडक बिभागमा धुलो खन्याउने कदमप्रति कुनै गुनासो नभएपनि न्युरोडमा फुटपाथ बढाउने नाममा सार्वजनिक बाटोको चौडाइ घटाउने काम कानुनसम्मत नभएको बताएका हुन् । कानूनसम्मत नभएकै कारण सडक बिभागले त्यसलाई रोकेको उनले बताए । महानगर प्रमुख बालेन शाहले कलंकी–महाराजगन्ज सडकको बिषयमा उठाएका बिषय सकारात्मक भएको भन्दै उहाले त्यसप्रति कुनै आपत्ती नभएको धारणा राखे । महानगरको कदमप्रति सरसल्लाह भइरहेको उनको भनाइ छ ।

कलंकी–महाराजगन्ज सडक निर्माणका लागि आन्तरिक स्रोतबाट पनि बजेट व्यवस्थापन गरिएको उनले जानकारी दिए । कलंकी–महाराजगञ्ज सडक विस्तार सुस्त भएको र त्यसका कारण जनतालाइ समस्या भएको भन्दै महानगरले विरोध स्वरुप शनिबार मिनभवनस्थीत सडक बिभागमा एक ट्रक धुलो खन्याएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...