नेभिगेशन
सबै कुरा

डाक्टर कुटपिटमा संलग्न ४ जना पक्राउ

भदौ २८, मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही अस्पतालमा प्रारम्भिक उपचारपश्चात रेफर गरिएका ४१ वर्षिय राजेश प्रधानको उपचारकै क्रममा २५ गते चितवनमा मृत्यु भएपछि उनीहरु सञ्चो अस्पतालका डाक्टरमाथि कुटपिटमा उत्रिएका थिए । 

Extreme Energy

राजेशको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहित केही युवाको समूहले बुधवार डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमणमा उत्रिने मृतककी श्रीमती रमा, छोरी रमिता केहीबेर अघि पक्राउ परेका थिए । त्यस्तै घटनामा संलग्न छोरा रोहीत र भतिज अनुप प्रधानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ड्युटीमा रहेको चिकित्सकमाथि अस्पतालभित्रै कुटपिट भएको विरोधमा चिकित्सकहरुले कुटपिटमा उत्रिनेमाथि कारबाही नगरे आफूहरु चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...