नेभिगेशन
सबै कुरा

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

नवलपरासी । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए । 

Ncell
Extreme Energy

दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । 

विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।