नेभिगेशन
सबै कुरा
श्रमाधान रोजगार मेला :

श्रम मन्त्रालय भनेको विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य चिर्न अहोरात्र खटिरहेको छु : श्रममन्त्री अर्याल

विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालय भनेको विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य चिर्न आफू अहोरात्र खटिरहेको बताएका छन् । ‘श्रमाधान रोजगार मेला’ को सुभारम्भको क्रममा कोशी प्रदेशको विराटनगरबाट उनले श्रम मन्त्रालय भनेको जनमानसमा विदेश पठाउने मन्त्रालय भन्ने भाष्य स्थापित भएको र साे भ्रम चिर्न आफू लागिपरेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डलाई साक्षी राखेर उनले भने, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भनेको विदेश पठाउने मन्त्रालय हो भन्ने यो समाजमा भाष्य सिर्जना भएको छ । उक्त भाष्य अन्त्य गर्नका लागि केही नयाँ गर्न सकिन्छ कि भनेर म दिनहुँ नयाँ नयाँ विषय सोचिरहेको हुन्छु ।’, उनले थपे, ‘म सम्मानितज्यूलाई साक्षी राखेर भन्छु, मलाई विश्वास छ, यो देशमा रोजगार सिर्जना गर्न सकिन्छ । मलाई विश्वास छ, यो देशमा धेरै युवाहरुलाई स्वरोजगार बनाउन सकिन्छ ।’

त्यस्तै उनले विदेश जानका लागि मेनपावरका एजेन्टहरु घर घरमा गएर युवाहरुलाई प्रलोभनमा पार्ने तर देशमै स्वोरोजगार बन्न कसैले केही कदम नचालेका कारण आफूले देशमै रोजगारका अवसर छन् भन्ने देखाउन श्रमाधान रोजगार मेलाको आयोजना गरेको बताएका छन् । ‘देशभरका हरेक वडाबाट प्रत्येक वर्ष औसतमा ७० जना श्रम बजारमा जाने गर्छन् । उहाँहरु र उहाँहरुजस्तै अन्य युवालाई देशमै कसरी रोजगारी प्रदान गर्न सकिन्छ र स्वरोजगार बनाउन सकिन्छ भनेर हामीले यो मेला आयोजना गरेका हौँ ।’


श्रममन्त्री अर्यालले श्रमाधान रोजगार मेलाका लागि मन्त्रालयसँग कुनै निश्चित बजेट नभएपनि तिनै तहका सरकारको सकरात्मक सहयोग र निजि क्षेत्रको उत्साहजनक सहकार्यले यो मेला गर्न सम्भव भएको बताएका छन् । ‘यो कार्यक्रमले कति हजारलाई रोजगार दिन्छ , कति हजारलाई स्वरोजगार बनाउँछ भन्ने विषय मुख्य होइन सम्माननीयज्यू, तर हामीले केही न केही सकरात्मक पहल गर्नैपर्छ भनेर यो मेलाको आयोजना गरिएको हो ।’, मन्त्री अर्यालले भने, ‘यो देशका हरेक कलकारखाना, उद्योगमा हेरियो भने त्यहाँ नेपालीभन्दा धेरैजसो विदेशी कामदार हुन्छन् । नेपाली जनता निरन्तर विदेशीनुपर्ने अवस्था अनि देशभित्र रहेका उद्योग, कलकारखानामा विदेशी कामदार । हो यो अवस्था किन आयो भन्ने अध्ययन गर्नका लागि पनि यो मेला महत्वपूर्ण हुन्छ भनेर मेला आयोजना गरेका हौँ ।’

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल सरकारले आयोजना गरेको सो कार्यक्रममा धेरैभन्दा धेरै उपस्थित भएर सल्लाह, सुझाव दिन आग्रह समेत गरेका छन् । 

सरकारले बिहिबारदेखि  ‘श्रमाधान रोजगार मेला’ सुरु गरेको छ। कोशी प्रदेशबाट सुरुवात भएको मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । विराटनगरमा दुई दिनसम्म चल्ने मेलामा रोजगारीका अवसर, समस्या र समाधान सहितका विभिन्न स्टल तथा बहस कार्यक्रमहरु समेत रहेको श्रम मन्त्रालयले जनाएको छ । 

आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ ।

मेलामा श्रम मन्त्रालय तथा मातहतका सेवा प्रदायक विभागहरुकाा जानकारी मुुलक स्टल, रोजगारदाता निजी कम्पनीहरुका दुई दर्जन स्टल समेत रहेका छन् । मेलामा रोजगारी खोज्नेहरुले आफ्नो क्षमता र आवश्यकता अनुसारका कामका लागि आवेदन समेत दिन सक्ने छन् । 

मेलाबारे श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ । कोशी प्रदेशबाट सुरु भएको मेला हरेक प्रदेशमा दुुई दिन सञ्चालन हुने छ भने जेठ ३० गते बागमती प्रदेशमा आएर सकिने छ।  कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रमाधान रोजगार मेलाका बारेमा विस्तृत जानकारी सहितको वेबसाइट समेत रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।