नेभिगेशन
सबै कुरा

न्यूरोडकाे सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्दै आन्दोलन गर्नेले फुटपाथ बढाउँदा विरोधमा उत्रीए : बालेन

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडको पिच सडकमा पार्किङ हटाउने महानगरको निर्णयको विरोधमा उत्रिने जनप्रतिनिधि नै सोही स्थानमा फुटपाथ बढाउँदा विरोधमा उत्रिएको बताएका छन् । मेयर शाहले शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकपश्चात सो विषय फेसबुकमा लेखेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान बसेको कार्यपालिका बैठकमा काठमाडौँ महानगरपालिका वडा नं २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ बढाउन नपाउने भन्दै विरोध गरेपछि मेयर शाह र वडाध्यक्ष महर्जनबिच सवालजवाफ भएको थियो । कार्यपालिका बैठक सकिनासाथ मेयर शाहले लेखेका छन्, ‘एउटा रोचक कुरा पढ्नुहुन्छ ? न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सडकको पिच ढाकेर पार्किङ गर्न पाउनुपर्ने भन्दै विरोध गर्नेले अहिले सोही पार्किङ गरेको सडकमा फुटपाथ बनाउँदा विरोधमा उत्रिएको बताएका छन् । ‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’, मेयर शाहले प्रश्न गरेका छन् । 

त्यस्तै उनले सडक विभागले बनाएको मापदण्ड अनुसारनै आफूहरुले फुटपाथ बनाउन लागेका कारण आफूहरुसँग प्रतिशोध नलिन भनेका छन् । मेयर शाहले वडाध्यक्षलाई प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिन भनेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।