नेभिगेशन
सबै कुरा

न्यूरोडकाे सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्दै आन्दोलन गर्नेले फुटपाथ बढाउँदा विरोधमा उत्रीए : बालेन

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडको पिच सडकमा पार्किङ हटाउने महानगरको निर्णयको विरोधमा उत्रिने जनप्रतिनिधि नै सोही स्थानमा फुटपाथ बढाउँदा विरोधमा उत्रिएको बताएका छन् । मेयर शाहले शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकपश्चात सो विषय फेसबुकमा लेखेका हुन् । 

शुक्रबार बिहान बसेको कार्यपालिका बैठकमा काठमाडौँ महानगरपालिका वडा नं २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ बढाउन नपाउने भन्दै विरोध गरेपछि मेयर शाह र वडाध्यक्ष महर्जनबिच सवालजवाफ भएको थियो । कार्यपालिका बैठक सकिनासाथ मेयर शाहले लेखेका छन्, ‘एउटा रोचक कुरा पढ्नुहुन्छ ? न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् ।’

CG

त्यस्तै उनले सडकको पिच ढाकेर पार्किङ गर्न पाउनुपर्ने भन्दै विरोध गर्नेले अहिले सोही पार्किङ गरेको सडकमा फुटपाथ बनाउँदा विरोधमा उत्रिएको बताएका छन् । ‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’, मेयर शाहले प्रश्न गरेका छन् । 

त्यस्तै उनले सडक विभागले बनाएको मापदण्ड अनुसारनै आफूहरुले फुटपाथ बनाउन लागेका कारण आफूहरुसँग प्रतिशोध नलिन भनेका छन् । मेयर शाहले वडाध्यक्षलाई प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिन भनेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...