नेभिगेशन
सबै कुरा

कैलालीमा काठ तस्कर जोगाउन नौ सय क्युफिट सालको गोलीया बेवारिसे बनाउने तयारी

कैलाली । कैलालीको एक सामुदायिक वनबाट नियम विपरीत कटानी गरिएको नौ सय क्युफिट बढी सालको गोलीया बेवारिसे बनाउने तयारीमा वनकै कर्मचारी लागी परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ९ मा रहेको सिङ्गेकोट सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा शनिबार स्थानीयहरुले भेटाएपछि सिधाकुरालाई खबर गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुनै पनि सामुदायिक वनले ढलापडा काठ संकलन गर्न चाहेको खण्डमा फागुन मसान्त भित्रमा काठ संकलनको अनुमतिलिई बैशाख मसान्त भित्र सो काठ संकलन गरिसक्नु पर्ने हुन्छ । तर, जेष्ठ महिना बित्नै लाग्दा वन भित्र यति ठुलो परिमाणमा सालको गोलीया फेला परेपछि सो कुराको खोजी भएको हो ।

Ncell
Extreme Energy

भेलले बगाउने रूख काटिएकाे हाे, प्रकियामा नजानु गल्ती भयोः वन समिति

सिङ्गेकोट सामुदायिक वनका अध्यक्ष जोशीले सिधाकुरा संग कुरा गर्दै भने 'सामुदायिक वन उपभोक्ता समितिमा आफुहरु निर्वाचित भएर आईसकेपछि एक सय भन्दा बढी उपभोक्ताले काठ आवश्यकता परेको भन्दै काठ उपलब्ध गराइदिन निवेदन दिएका थिए । खोलामा ढलेर सुकेका रुखहरु काटेर संकलन गरेका हौं। जुनु रुख साउन‌को भेलमा बगेर जानेवाला नै थिए । कानुनी प्रकियामा नजानु गल्ती भयो।' सबैको सल्लाहमा काम भएको हुदा आफुहरुको मनसाय गलत नभएको उनको भनाई छ ।


काठ संकलनमा वन कर्मचारी संलग्नता रहेका आशंका

वन नियम विपरीत संकलन गरी लुकाईराखिएको अवस्थामा स्थानीयले काठ फेलापारेको सुइँको पाएपछि वनका कर्मचारी देखि काठ संकलनमा सामेल भएका व्यक्तिहरुले चलखेल बढाएका छन् । 

यति ठुलो परिमाणमा काठ संकलन एकै दिन  रातारात हुन नसक्ने भन्दै स्थानीयहरुले वनका कर्मचारीको पनि संलग्नता रहेको आशंका गरेका छन् । यता वन कार्यालय स्रोतका अनुसार डिभिजन र सवडिभिजन वन कार्यालयका कर्मचारीको सेटिमै काठ संकलन गरिएको हो । 

वनबाट काठ संकलन भएको विषयमा सवडिभिजन कार्यालय सुखडका प्रमुख नितेश राज भट्टराईको नेतृत्वमा अनुसन्धान सुरुगरिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख राम विचारी ठाकुरले बताए । प्रमुख ठाकुर भन्छन् 'यस वर्ष सिङ्गेकोट सामुदायिक वनबाट काठ दाउरा संकलनका लागी कुनै सिफारीस गरिएको थिएन । के कति कारण काठ संकलन गरेका हुन्। सो बारे अनुसन्धान गर्दैछौं ।'



हरेक उपभोक्तालाई सुलभ मुल्यमा काठ उपलब्ध गराउने चुनावी नाराः

सिनेकोट सामुदायिक वनको नयाँ कार्यसमिति गठनका लागी गएको बैशाख महिनामा निर्वाचन भएको थियो । सो निर्वाचनमा विजयी भएका अध्यक्ष हरि जोशी सहितको समुहले आफ्नो टिमलाई विजय गराएको खण्डमा चलनचल्तीको भन्दा निकै सस्तो मूल्यमा समुहमा आबद्ध सदस्यलाई काठ उपलब्ध गराउने नारा लगाएका थिए। विजय पश्चात् सोही बाचालाई पुरा गर्न अध्यक्ष जोशीको समुहले वन भित्रबाट नियम विपरित नौ सय क्युफिट बढी सालको गोलीया संकलन गरेको हो। नियम विपरीत यति ठुलो परिमाणमा सालको गोलीया संकलन भैइरहदा तालुकदार निकाय भने कानुनी उपचार साटो तस्कर बचाउने प्रयत्नमा जुटेको आरोप छ। स्रोतका अनुसार, सो काठ बेवारिसे बनाएर डिभिजन वन कार्यालयको जिम्मा लगाउने र काठ तस्करलाई बचाउने तयारी भैइरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...