नेभिगेशन
सबै कुरा

कैलालीमा काठ तस्कर जोगाउन नौ सय क्युफिट सालको गोलीया बेवारिसे बनाउने तयारी

कैलाली । कैलालीको एक सामुदायिक वनबाट नियम विपरीत कटानी गरिएको नौ सय क्युफिट बढी सालको गोलीया बेवारिसे बनाउने तयारीमा वनकै कर्मचारी लागी परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ९ मा रहेको सिङ्गेकोट सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा शनिबार स्थानीयहरुले भेटाएपछि सिधाकुरालाई खबर गरेका थिए । 

कुनै पनि सामुदायिक वनले ढलापडा काठ संकलन गर्न चाहेको खण्डमा फागुन मसान्त भित्रमा काठ संकलनको अनुमतिलिई बैशाख मसान्त भित्र सो काठ संकलन गरिसक्नु पर्ने हुन्छ । तर, जेष्ठ महिना बित्नै लाग्दा वन भित्र यति ठुलो परिमाणमा सालको गोलीया फेला परेपछि सो कुराको खोजी भएको हो ।

City Express

भेलले बगाउने रूख काटिएकाे हाे, प्रकियामा नजानु गल्ती भयोः वन समिति

सिङ्गेकोट सामुदायिक वनका अध्यक्ष जोशीले सिधाकुरा संग कुरा गर्दै भने 'सामुदायिक वन उपभोक्ता समितिमा आफुहरु निर्वाचित भएर आईसकेपछि एक सय भन्दा बढी उपभोक्ताले काठ आवश्यकता परेको भन्दै काठ उपलब्ध गराइदिन निवेदन दिएका थिए । खोलामा ढलेर सुकेका रुखहरु काटेर संकलन गरेका हौं। जुनु रुख साउन‌को भेलमा बगेर जानेवाला नै थिए । कानुनी प्रकियामा नजानु गल्ती भयो।' सबैको सल्लाहमा काम भएको हुदा आफुहरुको मनसाय गलत नभएको उनको भनाई छ ।


काठ संकलनमा वन कर्मचारी संलग्नता रहेका आशंका

वन नियम विपरीत संकलन गरी लुकाईराखिएको अवस्थामा स्थानीयले काठ फेलापारेको सुइँको पाएपछि वनका कर्मचारी देखि काठ संकलनमा सामेल भएका व्यक्तिहरुले चलखेल बढाएका छन् । 

यति ठुलो परिमाणमा काठ संकलन एकै दिन  रातारात हुन नसक्ने भन्दै स्थानीयहरुले वनका कर्मचारीको पनि संलग्नता रहेको आशंका गरेका छन् । यता वन कार्यालय स्रोतका अनुसार डिभिजन र सवडिभिजन वन कार्यालयका कर्मचारीको सेटिमै काठ संकलन गरिएको हो । 

वनबाट काठ संकलन भएको विषयमा सवडिभिजन कार्यालय सुखडका प्रमुख नितेश राज भट्टराईको नेतृत्वमा अनुसन्धान सुरुगरिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख राम विचारी ठाकुरले बताए । प्रमुख ठाकुर भन्छन् 'यस वर्ष सिङ्गेकोट सामुदायिक वनबाट काठ दाउरा संकलनका लागी कुनै सिफारीस गरिएको थिएन । के कति कारण काठ संकलन गरेका हुन्। सो बारे अनुसन्धान गर्दैछौं ।'



हरेक उपभोक्तालाई सुलभ मुल्यमा काठ उपलब्ध गराउने चुनावी नाराः

सिनेकोट सामुदायिक वनको नयाँ कार्यसमिति गठनका लागी गएको बैशाख महिनामा निर्वाचन भएको थियो । सो निर्वाचनमा विजयी भएका अध्यक्ष हरि जोशी सहितको समुहले आफ्नो टिमलाई विजय गराएको खण्डमा चलनचल्तीको भन्दा निकै सस्तो मूल्यमा समुहमा आबद्ध सदस्यलाई काठ उपलब्ध गराउने नारा लगाएका थिए। विजय पश्चात् सोही बाचालाई पुरा गर्न अध्यक्ष जोशीको समुहले वन भित्रबाट नियम विपरित नौ सय क्युफिट बढी सालको गोलीया संकलन गरेको हो। नियम विपरीत यति ठुलो परिमाणमा सालको गोलीया संकलन भैइरहदा तालुकदार निकाय भने कानुनी उपचार साटो तस्कर बचाउने प्रयत्नमा जुटेको आरोप छ। स्रोतका अनुसार, सो काठ बेवारिसे बनाएर डिभिजन वन कार्यालयको जिम्मा लगाउने र काठ तस्करलाई बचाउने तयारी भैइरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

इजरायलले पहिले नै विनाश भइसकेको उत्तर क्षेत्रमा सैन्य अभियानलाई विस्तार गर्दै जाँदा गाजामा प्यालेस्टिनी मृतकको सङ्ख्या ६५ हजार नजिक पुगेको छ । “गाजामा देखिएको अवस्था केवल अभूतपूर्व मानवीय...
कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।...
कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४७९ कैदीबन्दी...