नेभिगेशन
सबै कुरा
सिधाकुरा फलाेअप :

तस्कर बचाउमा नेतादेखि मन्त्री, मुद्दा दर्ता गर्न जिल्ला अदालत पुगेका वनका कर्मचारी फिर्ता

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–९, मा रहेको सिङ्गेकोट सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको ९२० क्युफिट सालको गोलीया डिभिजन वन कार्यालय पहलमानपुरले सोमबार बरामद गरेको थियो । सो विषयमा सिधाकुरा डटकमले आईतबार समाचार प्रकाशित गरेको थियो । नियम विपरीत काटीएको भन्दै काठ तस्करमा प्रत्यक्ष संलग्न रहेको ठहर सहित १० जनाविरुद्ध मुद्दा दर्ता गर्न जिल्ला अदालत कैलाली पुगेका वनका कर्मचारी रित्तो हात फिर्ता भएका छन् । 

घटनाको विषयमा अनुसन्धान अधिकृत तोकिएका सव डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश राज भट्टराई सोमबार काठ कटानीमा संलग्न रहेको भन्दै सो सामुदायिक वनका दश जना पदाधिकारी विरुद्ध मुद्दा दर्ता गर्न जिल्ला अदालत कैलाली पुगेका थिए । तर, यति धेरै जनालाई एकै पटक मुद्दा चलाउन नसकिने भन्दै आफुलाई अदालतका वकिलले फिर्ता पठाएको भट्टराईले बताएका छन् । उनले भने, ‘काठ काट्ने विषयमा गाउँका धेरै जनाले सहमति जुटाएका रहेछन् । यतिका जनालाई मुद्दा चलाउने हो भने भोलि सबै जना मिलेर वन सखाप पर्न सक्छन् भन्दै आफूलाई वकिले फिर्ता पठाएको बताए।’

CG


मुद्दा दर्ता नहुनुको वास्तविकता 

स्रोतका अनुसार मुद्दा दर्ता नहुनुको वास्तविक कारण प्रदेश सरकारमा रहेको हालका एक जना मन्त्री र केही राजनितिक दलका जिल्लागत नेताले जिल्ला अदालत र डिभिजन वन कार्यालयका प्रमुखलाई दिएको दबाब हो । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख राम विचारी ठाकुरले सो घटनाको विषयमा नेताहरुबाटै बारम्बार मुद्दा दर्ता नगर्न धम्की आईरहेको सिधाकुरा सँग गुनासो समेत गरेका थिए । उने भने ‘काम गर्न निकै गाह्रो छ। मान्छे समात्न पाएको हुँदैन । नेताको धम्कीपूर्ण फोन आईहाल्छ। यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ।’

अदालतले भन्योः अख्तियारले जसरी अनुसन्धान गरेर मात्र आउनु

केहि वर्ष सो क्षेत्र आसपासमा सालको गोली चोर्ने गिरोह सक्रिय रहेको छ। केही समूहले यसैलाई व्यवसाय बनाएका छन् । जसमा वनका कर्मचारीको पनि प्रत्यक्ष संलग्नता रहने गरेको पाईन्छ। यसपटक पनि नियम विपरीत काठ काट्ने बेलामा वनका कर्मचारीलाई जानकारी  नभएको भने होईन । तर, समाचार प्रकाशित् भएपछि मात्र तदारुकता देखाएका वनका कर्मचारीलाई उल्टै कानुनको अनौठो भाषा सिकाएर जिल्ला अदालत कैलालीले फिर्ता पठाएको कुरा झनै रहस्यमय छ। 


काठ चोरी तथा तस्करीमा संलग्न रहेका १० जनाविरुद्ध सोमवार मुद्दा दर्ता गर्न जिल्ला अदालत कैलाली पुगेका वनका कर्मचारीलाई अदालतले अख्तियारले जसरी अनुसन्धान गरेर मात्र आउनु भन्दै फिर्ता पठाएको हो । वनका कर्मचारी भन्छन्, ‘पहिले १० जना माथि अनुसन्धान गर्नु पर्यो रे, अनी त्यसबाट दोषी ठहर भएकालाई मात्र मुद्दा चलाउन मिल्ने कुरा अदालतले भनेको छ।’

तर, घटनाको अनुसन्धाका लागि तोकिएका अधिकृत सव डिभिजन वन कार्यालय सुखडका प्रमुख भट्टराईले भने काठ कटानी देखि लुकाउने सम्मको कार्यमा संलग्न रहेको प्रमाण सहित मुख्य भुमिकामा रहेका सो सामुदायिक वनका अध्यक्ष लक्ष्मी प्रसाद जोशी सहित दश जना विरुद्ध उजुरी दर्ता गर्न जिल्ला अदालत पुगेका थिए ।

सम्बन्धित समाचार : 

कैलालीमा काठ तस्कर जोगाउन नौ सय क्युफिट सालको गोलीया बेवारिसे बनाउने तयारी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...