नेभिगेशन
सबै कुरा

सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउन खेलकुद मन्त्रालयको अनुरोध

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउन पत्राचार गरेको छ । २०८१ जेष्ठ २० देखि असार १५ गतेसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टि–२० विश्वकप क्रिकेट खेल सार्वजनिक स्थलमा देखाउन सहजीकरण गर्न मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले पत्र काट्दै सबै स्थानीय तहलाई स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पत्राचार गरेको हो। ‘प्रस्तुत विषयमा संयुक्त राज्य अमेरिका र वेष्ट इन्डिजमा मिति २०८१ जेष्ठ २० देखि असार १५ सम्म संचालन हुने आइसीसी टि २० विश्वकप  प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीहरुको समेत सहभागीता रहेको हुँदा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर सबै स्थानीय तहहरुले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आइसीसी टि २० विश्वकप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरी नेपाली खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजिकरणको लागि मिति २०८१।२।२० को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।’, पत्रमा भनिएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।