नेभिगेशन
सबै कुरा

सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउन खेलकुद मन्त्रालयको अनुरोध

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउन पत्राचार गरेको छ । २०८१ जेष्ठ २० देखि असार १५ गतेसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टि–२० विश्वकप क्रिकेट खेल सार्वजनिक स्थलमा देखाउन सहजीकरण गर्न मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको हो । 

मन्त्रालयले पत्र काट्दै सबै स्थानीय तहलाई स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पत्राचार गरेको हो। ‘प्रस्तुत विषयमा संयुक्त राज्य अमेरिका र वेष्ट इन्डिजमा मिति २०८१ जेष्ठ २० देखि असार १५ सम्म संचालन हुने आइसीसी टि २० विश्वकप  प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीहरुको समेत सहभागीता रहेको हुँदा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर सबै स्थानीय तहहरुले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आइसीसी टि २० विश्वकप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरी नेपाली खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजिकरणको लागि मिति २०८१।२।२० को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।’, पत्रमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस शृङ्खलामा यसअघि...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक...