नेभिगेशन
सबै कुरा

उदयपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १ फुलजोरमा टिपरको  ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान सदरमुकाम गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आएको टिपरले ठक्कर दिँदा गम्भिर घाइते भएका २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाईघाटबाट पूर्वबेल्टारतर्फ जाँदै गरेको प्र १-०२-०५२ प ३९५८ नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुन्सरी घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षका रविन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ चाँप बस्ने २४ वर्षकी हिरा राईलाई  विपरित दिशाबाट आएको प्र १-२ ००१ ख ८५१४ टिपरले ठक्कर दिदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका बताए। ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको उपरीक्षक थापाले बताए ।

CG


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा  फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्गजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र मुलुकलाई विश्वसामु चिनाउन हैसियत राख्छन्...
गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादक किसानलाई राहत

गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादक किसानलाई राहत

स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् ।
समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो ।
अनियमित मौसमका कारण यस वर्ष भोजपुरमा धान उत्पादन घट्यो

अनियमित मौसमका कारण यस वर्ष भोजपुरमा धान उत्पादन घट्यो

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । उनले भने, “मौसमको अनियमितताले...