नेभिगेशन
सबै कुरा

चीन भ्रमणका क्रममा चीनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रचण्डले भेट्ने

२९ भदाै, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो औपचारिक चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री लि छियाङसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले चीनको हाङ्गजाउमै चिनियाँ राष्ट्रपति सी जिन पिङसँग र बेइजिङमा समकक्षी प्रधानमन्त्री लि छियाङसँग औपचारिक भेटघाट र दुईपक्षीय वार्ताको कार्यक्रम रहेको बताए । 

Ncell
Extreme Energy

त्यस्तै राष्ट्रपति सी सँग भेटघाट भएको दिन  १९ औं एसियन गेमको उद्घाटन समारोहमा पनि सहभागी हुने जानकारी गराएका छन् ।

त्यस्तै चिनको भ्रमणमा उनले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको बताएका छन् । उनले भने,  ‘यस भ्रमणलाई मैले नेपाल र नेपाली जनताको हित एवम् नेपाल चीन सम्बन्धलाई मजबुद तुल्याउन सदुपयोग गर्ने कुरा अवगत गराउन चाहन्छु ।’

त्यस्तै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा चीनमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताएका छन् । उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमिक अफ एग्रिकल्चरल साइन्स लगायतका विज्ञान तथा प्रविधिको कार्यक्रम हेर्ने कार्यक्रम रहेको छ । 

त्यति मात्र नभएर उनले नेपालसँग सिमाना जोडिएको तिब्बत स्वशासित क्षेत्रका उच्चपदस्थ व्यक्तिसँग भेटघाट गरी नेपाल फर्किने कार्यक्रम रहेकोबारे प्रधानमन्त्रीले जानकारी गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।