नेभिगेशन
सबै कुरा

चीन भ्रमणका क्रममा चीनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रचण्डले भेट्ने

२९ भदाै, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो औपचारिक चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री लि छियाङसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले चीनको हाङ्गजाउमै चिनियाँ राष्ट्रपति सी जिन पिङसँग र बेइजिङमा समकक्षी प्रधानमन्त्री लि छियाङसँग औपचारिक भेटघाट र दुईपक्षीय वार्ताको कार्यक्रम रहेको बताए । 

Extreme Energy

त्यस्तै राष्ट्रपति सी सँग भेटघाट भएको दिन  १९ औं एसियन गेमको उद्घाटन समारोहमा पनि सहभागी हुने जानकारी गराएका छन् ।

त्यस्तै चिनको भ्रमणमा उनले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको बताएका छन् । उनले भने,  ‘यस भ्रमणलाई मैले नेपाल र नेपाली जनताको हित एवम् नेपाल चीन सम्बन्धलाई मजबुद तुल्याउन सदुपयोग गर्ने कुरा अवगत गराउन चाहन्छु ।’

त्यस्तै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा चीनमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताएका छन् । उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमिक अफ एग्रिकल्चरल साइन्स लगायतका विज्ञान तथा प्रविधिको कार्यक्रम हेर्ने कार्यक्रम रहेको छ । 

त्यति मात्र नभएर उनले नेपालसँग सिमाना जोडिएको तिब्बत स्वशासित क्षेत्रका उच्चपदस्थ व्यक्तिसँग भेटघाट गरी नेपाल फर्किने कार्यक्रम रहेकोबारे प्रधानमन्त्रीले जानकारी गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।