नेभिगेशन
सबै कुरा

हिमताल खोजी गर्दै मनाङका स्थानीय तह

२९ भदौ, मनाङ । मनाङका स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चामेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर ताल (काजिनसरा) भेटिएको थियो । ताल भेटिएपछि विसं २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले सिङ्गर तालको प्रचारप्रचारका लागि कार्यक्रम गरेको थियो । तालको प्रवद्र्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा नेपाल पत्रकार महासङ्घ मनाङ, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीयवासीको संलग्नतामा ताल नजिक कार्यक्रम गरिएको थियो । 

Ncell
Extreme Energy

गुगलको जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम)का अनुसार समुद्री सतहबाट पाँच हजार सात मिटर उचाइमा सिङ्गर (काजिनसारा) ताल रहेको छ । चामेबाट लमजुङ हिमालको बेसक्याम्प हुँदै करिब पाँच घण्टामा यस तालमा पुग्न सकिन्छ ।

यहाँको प्रवद्र्धनका लागि गाउँपालिकाले ठाउँठाउँमा बस्ने स्थान, विभिन्न स्थानमा शौचालय निर्माण, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गरेको छ । यसले पर्यटकलाई सहज रुपमा तालसम्म पुग्न सहयोग पु¥याउनेछ । तालसम्म पुग्नका लागि पालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङले ठाउँठाउँमा बाटो चिनाउने साइनबोर्ड राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिए । उनका अनुसार यस तालको प्रवद्र्धनका लागि बर्सेनि तालमै पुगेर कार्य गर्दै आएको छ । उनले भने, ‘तालको मापदण्ड निर्धारण गर्नका लागि सरकारसमक्ष प्रस्तावना पेस गरिएको छ, यस्ता पर्यटकीय क्षेत्रको विकासमा सरकारले सहज रुपमा छिटो प्राविधिक तथा सामग्री उपलब्ध गराई प्रवद्र्धन गर्नतर्फ ध्यान दिनुपर्छ ।’ 

यस्तै मनाङ अन्य पालिकामा पनि हिमताल रहेका छन् । यी तालको समेत मापदण्ड र उचाइ मापन गरी प्रवद्र्धनमा लाग्नुपर्ने देखिन्छ ।  मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित मुन लेक र हिदम लेक भेटिएको वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । उनका अनुसार मुन लेक समुद्री सतहबाट पाँच हजार ८० मिटर उचाइमा रहेको छ भने हिदम लेक पाँच हजार तीन सय मिटर उचाइमा रहेको छ । 

यस ताल जान खाङ्सार गाउँबाट पुनारा बस्ती हुँदै करिब तीन घण्टामा मुन लेक पुग्न सकिन्छ । यस्तै मुन लेकबाट तीनदेखि चार घण्टाको दूरीमा हिदम लेक रहेको छ । यी ताल हुँदै तिलिचो तालसम्म पुग्न पदमार्ग गर्नुपर्ने निर्माण गर्नु आवश्यक देखिन्छ । यी तालबाट तिलिचोसम्म पदमार्ग निर्माण गरिएमा पर्यटक एकै बाटोमार्फत तीनवटै ताल एकैसाथ घुम्न सकिने वडाध्यक्ष गुरुङले जानकारी दिए । उनले भने, ‘मुन लेकसम्म जाने बाटोमा साइनबोर्ड राखिएको छ, यसलाई अन्य ताल तथा तिलिचो तालसम्म एउटै बाटोमा जोडी प्रवद्र्धन गर्नेतर्फ स्थानीय सरकारसँगै प्रदेश र सङ्घ सरकारले चासो दिनुपर्ने देखिएको छ, बजेट अभावले स्थानीय सरकारले मात्रै विकास गर्न सक्ने अवस्था छैन, जसले गर्दा सहयोग हुनुपर्छ र यो राष्ट्रिय आय पनि हो ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा जोडिएकाले यहाँको पर्यटकीय क्षेत्रको विकासमा केही मात्रामा एक्यापले सहयोग गरेको छ । तर, आवश्यक मात्रामा भने यहाँका पर्यटकीय क्षेत्रको विकास हुन सकेको छैन । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा धेरै हिमलात रहे पनि यहाँ भएका तालको मापन गर्न पालिकाले नसकेको बताए । ‘प्राकृतिक रुपमा नै रहेका यहाँका हिमतालसम्म पुग्न सहज छैन, पालिकाको बजेटले अपुग हुन्छ, यस्ता राष्ट्रिय गौरवका प्राकृतिक तालको खोज अनुसन्धानमा सहयोग गर्नुपर्ने हो ।’ केही बजेट विनियोजन गरी खोज्ने प्रयास आफूहरुले गरेको भए पनि आवश्यक मात्रामा गर्न नसकिएको उनले बताए। 

यहाँका विभिन्न क्षेत्रमा अवस्थित ताल, कुण्डको संरक्षण र विकास गर्न आवश्यक रहेको छ । तर, यहाँका ताल, कुण्ड तथा प्राकृतिक क्षेत्रको खोजी गर्न सङ्घ सरकारले चासो दिनुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यहाँ भेटिएका ताल वा कुण्ड के हुन् त्यसको मापन गर्न पहल गर्ने बताए। ‘यहाँ देखिएका, भेटिएका ताल, कुण्डका रुपमा क्याटागोराइज गर्नुपर्ने अवस्था छ, यसमा समन्वयको भूमिकामा रहनेछु ।’

समुद्री सतहबाट पाँच हजार मिटर उचाइमाथि वा अझ बढी उचाइमा ताल हुन सक्ने सम्भाव्यता रहेको छ । गौरवका रुपमा रहेका यस्ता प्राकृतिक क्षेत्रको खोज तथा अनुसन्धान गरी प्रचारप्रसार गर्न सके देशको आयवृद्धिसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । यी तीनवटा ताल मापदण्ड पूरा भएको तिलिचो ताल (४९१९ मि.)भन्दा बढी उचाइमा रहेका छन् । यस्ता तालको मापन गरी प्रवद्र्धन गर्नु आवश्यक छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।