नेभिगेशन
सबै कुरा

क्रिकेट विकासका लागि काठमाडौंका विद्यालय र वडामा क्रिकेट नेट साथै प्रशिक्षक राखिने : बालेन शाह

भदाै २९, काठमाडौं  - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका केही विद्यालय तथा वडामा क्रिकेट नेट राख्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा काठमाडौं महानगरका मेयर बालेन शाहले उक्त कार्य गर्ने बताएका हुन् ।

Ncell
Extreme Energy

सामाजिक सञ्जाल फेसबुकमार्फत बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्कासँग खिचेकाे तस्विरसहित एक स्टाटस लेख्दै मेयर शाहले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै यस्तो व्यवस्था गर्न लागिएको बताए ।


उनले भने, ‘पारस खडका , ज्ञानेन्द्र मल्ल , पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौँ ।’ 


त्यस्तै उनले बाग्मती क्रिकेट सङ्घको सहकार्यमा  काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल   क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने बताए । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...
नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध भएका छन्।
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।