नेभिगेशन
क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी विश्वकप लिग–२ को अन्तिम श्रृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता जोगाउन नेपालका लागि यो श्रृङ्खला महत्त्वपूर्ण छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले आसन्न श्रृङ्खलामा घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । नेपाली टोली श्रृङ्खलामा चारवटै खेल जित्ने लक्ष्यका साथ आज बिहान ओमान प्रस्थान गरिसकेको छ ।

Ncell
Extreme Energy

तालिकाको शीर्ष छ भित्र पर्न सके नेपालले सोझै एकदिवसीय मान्यता सुरक्षित गर्नेछ । यदि त्यो स्थान हासिल गर्न नसके नेपालले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउनुपर्नेछ ।

नेपाली टोली हालको लय कायम राख्दै ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । टोलीका कप्तान सन्दीप लामिछाने खेलाडीमा उच्च आत्मविश्वास रहेकाले नेपालले आउँदो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छन् । 

उनका अनुसार एसिसी प्रिमियर कपमा गरेको प्रदर्शन र ओमानमा यसअघिका खेलबाट प्राप्त अनुभवले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ । ‘‘एसिसी प्रिमियर कप र त्यसअघि ओमानमा हाम्रो जुन प्रदर्शन रह्यो, त्यो हाम्रो लागि मनोवैज्ञानिक रूपमा सकारात्मक कुरा हो । त्यसलाई अझै राम्रो ऊर्जाका साथ अगाडि बढाउनेछौँ । टिम अहिले एकदम राम्रो लयमा छ’’, कप्तान लामिछानेले भने, ‘‘मौसमले साथ नदिँदा एसियन गेम्समा हामी दुर्भाग्यवश रोकियौँ । नत्र एकदम राम्रो तरिकाले अगाडि बढिरहेका थियौँ ।’’

उनले राष्ट्रिय टोलीमा नयाँ खेलाडीको प्रवेशलाई पनि सकारात्मक रूपमा लिनुपर्ने बताए । राष्ट्रिय टोलीमा स्थान बनाउनु आफैँमा ठूलो उपलब्धि भएकाले नयाँ खेलाडीलाई थप आत्मविश्वास र ऊर्जा दिन सञ्चारमाध्यम, क्रिकेट समर्थक तथा सम्बन्धित सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने कप्तान लामिछानेको भनाइ छ ।

‘‘नयाँ खेलाडी टिममा आउँदा उनीहरूलाई मनोवैज्ञानिक रूपमा थप ऊर्जा दिन सकियो भने त्यसले खेलाडी र राष्ट्रिय टोली दुवैलाई फाइदा गर्छ । राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्नु सानो कुरा होइन । यहाँसम्म आइपुग्न धेरै साहस चाहिन्छ र काँधमा ठूलो जिम्मेवारी हुन्छ’’, उनले भने, ‘‘यहाँ आइसकेपछि को सानो, को ठूलो, को कुन खेलाडी भन्ने हुँदैन । हामी सबै जना नेपालको राष्ट्रिय टोलीका लागि खेलिरहेका छौँ । नेपालको लागि खेल्ने एउटै सपना हामी सबैको हो ।’’ नेपाललाई आगामी विश्वकप क्वालिफायरसम्म पुर्याउने र त्यहाँ राम्रो प्रदर्शन गर्ने लक्ष्यमा टोली केन्द्रित रहेको कप्तान लामिछानेले बताए। ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टोलीबाट आगामी खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको बताए । उनले ‘एसियन कन्डिसन’ मा हुने खेलमा नतिजाभन्दा पनि खेलाडीले खेलको दिन दबाबलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुने बताए। सचिव खड्काले टोलीलाई आगामी खेलका लागि शुभकामना दिँदै क्यानले आवश्यक अन्तर्राष्ट्रिय क्रिकेट तथा घरेलु प्रतियोगिताको संरचना तयार गरिरहेको जानकारी दिए । 

‘‘एसियन कन्डिसनमा खेल्दै गर्दा समग्र नतिजा हेर्नुभन्दा पनि त्यो दिन टिम र खेलाडीले कसरी प्रेसर ह्यान्डल गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । नेपाल क्रिकेट सङ्घको तर्फबाट यहाँहरूलाई आगामी खेलका लागि सबैभन्दा राम्रो शुभकामना छ’’, खड्काले भने । घरेलु क्रिकेटको संरचना पनि अन्तिम चरणमा पुगेको र धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए । खेलाडी तथा टोलीमाथि अपेक्षा धेरै रहेकाले त्यसलाई सही ढङ्गले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।-रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।
कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

नेपाली कांग्रेसले महाधिवेशनमार्फत १५ प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन...
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...