नेभिगेशन
सबै कुरा

काठमाडौंकाे गैह्रीगाउँमा ४ जनाको विभत्स हत्या, ३ जना एकै परिवारका

शनिबार बिहान काठमाडौंको बानेश्वरस्थित गैह्रीगाउँमा चार जनाको विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीनकुने नजिकै गैह्रीगाउँस्थित दिव्य स.मिलमा हत्या गरेको अवस्थामा दुई पुरुष र २ महिलाको शव फेला परेको हो । 

Extreme Energy

धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा शव फेला परेका उनीहरु सबैको सनाखत भएको छ । जसमध्ये ३ जना एकै परिवारका रहेको खुलेको छ । 

हत्या हुनेमा सोही काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन्।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२  तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिँदा राई कपडा र जुत्तामा रगत लत्पतिएको अवस्थामा फेला परेका थिए ।

अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का लगायतका काम गरिरहेको छ भने चारवटै शवलाई पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ ।

त्यस्तै घटनाको अनु्सन्धानको लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...