नेभिगेशन
सबै कुरा

काठमाडौंकाे गैह्रीगाउँमा ४ जनाको विभत्स हत्या, ३ जना एकै परिवारका

शनिबार बिहान काठमाडौंको बानेश्वरस्थित गैह्रीगाउँमा चार जनाको विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीनकुने नजिकै गैह्रीगाउँस्थित दिव्य स.मिलमा हत्या गरेको अवस्थामा दुई पुरुष र २ महिलाको शव फेला परेको हो । 

Ncell
Extreme Energy

धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा शव फेला परेका उनीहरु सबैको सनाखत भएको छ । जसमध्ये ३ जना एकै परिवारका रहेको खुलेको छ । 

हत्या हुनेमा सोही काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन्।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२  तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिँदा राई कपडा र जुत्तामा रगत लत्पतिएको अवस्थामा फेला परेका थिए ।

अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का लगायतका काम गरिरहेको छ भने चारवटै शवलाई पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ ।

त्यस्तै घटनाको अनु्सन्धानको लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...