नेभिगेशन
सबै कुरा

हत्या प्रकरणमा पक्राउ परेका दिपेन्द्र राई मदिरामा लट्ठ

काठमाडौंको गैरीगाउँमा भएको चार जनाको हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेका दिपेन्द्र राई मदिरामा लट्ठ भएका कारण घटना मदिरा सेवन पछि भएको आशंका प्रहरीले गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ प्रहरी परिसरका अधिकारीका अनुसार अहिलेसम्म राई मदिरामा लट्ठ छन् भने सोधेका कुराको जवाफ दिइरहेका छैनन् । 
मदिरा सेवन पछि घटना भएको आशंका गरिएपनि घटनास्थलमा भने मदिरा सेवनको प्रमाण नभेटिएको प्रहरीले जनाएको छ । 

Extreme Energy

गैरीगाउँ स्थित समिलमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । यस्तै मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको पनि हत्या भएको छ । 

उनीहरूको शव परीक्षणका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...