नेभिगेशन
सबै कुरा

ट्यांकर चालकहरु आन्दोलनमा, उपत्यकामा पेट्रोलियम पदार्थ वितरण प्रभावित

काठमाडौं । सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका छन् । ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनु पर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनु पर्ने लगायतका माग राख्दै ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी नै रोकेको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेठ ३२ गते देखि कालोपट्टी बाँधेर काम गरेको र आज बागमती प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याई विरोध प्रदर्शन गरिरहेको लामाले बताए । 

Ncell
Extreme Energy

‘आफूहरूको माग पुरा नहुन्जेलसम्म निगमको डिपोमा तेल नखन्याउने र पम्पहरूलाई पनि वितरण नगर्ने हाम्रो आन्दोलनको कार्यक्रम हो,’ अध्यक्ष लामाले भने, ‘हाम्रो माग पुरा गर्न निगम र मन्त्रालयले चासो नै नदेखाएका कारण हड्तालमा उत्रिन परेको हो ।’

आफ्नो सात बुँदे माग पुरा नगरेसम्म ढुवानी सुचारु नगर्ने उनीहरूको दाबी छ । चालकहरूको हड्तालका कारण थानकोट डिपोबाट इन्धनको वितरण नै प्रभावित भएको छ । करिब ३ सय ढुवानीका ट्यांकर डिपो अघि तेर्स्याएर उनीहरु आन्दोलनमा छन् । 

श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले इन्धन वितरणमा मजदुरका कारण अवरोध भएको बताए । ‘इन्धनको वितरणमा ढुवानी श्रमिकहरूका कारण अवरोध भएको छ,’ प्रवक्ता ठाकुरले भने,‘ हामी छलफल र वार्ता गर्देछौँ ।’

आफ्नो मालिसँग राख्नु पर्ने माग निगमसँग राखेर वितरण प्रणाली अवरुद्ध पारिएको ठाकुरले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...