नेभिगेशन
सबै कुरा

ट्यांकर चालकहरु आन्दोलनमा, उपत्यकामा पेट्रोलियम पदार्थ वितरण प्रभावित

काठमाडौं । सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका छन् । ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनु पर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनु पर्ने लगायतका माग राख्दै ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी नै रोकेको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए । 

जेठ ३२ गते देखि कालोपट्टी बाँधेर काम गरेको र आज बागमती प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याई विरोध प्रदर्शन गरिरहेको लामाले बताए । 

‘आफूहरूको माग पुरा नहुन्जेलसम्म निगमको डिपोमा तेल नखन्याउने र पम्पहरूलाई पनि वितरण नगर्ने हाम्रो आन्दोलनको कार्यक्रम हो,’ अध्यक्ष लामाले भने, ‘हाम्रो माग पुरा गर्न निगम र मन्त्रालयले चासो नै नदेखाएका कारण हड्तालमा उत्रिन परेको हो ।’

आफ्नो सात बुँदे माग पुरा नगरेसम्म ढुवानी सुचारु नगर्ने उनीहरूको दाबी छ । चालकहरूको हड्तालका कारण थानकोट डिपोबाट इन्धनको वितरण नै प्रभावित भएको छ । करिब ३ सय ढुवानीका ट्यांकर डिपो अघि तेर्स्याएर उनीहरु आन्दोलनमा छन् । 

श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले इन्धन वितरणमा मजदुरका कारण अवरोध भएको बताए । ‘इन्धनको वितरणमा ढुवानी श्रमिकहरूका कारण अवरोध भएको छ,’ प्रवक्ता ठाकुरले भने,‘ हामी छलफल र वार्ता गर्देछौँ ।’

आफ्नो मालिसँग राख्नु पर्ने माग निगमसँग राखेर वितरण प्रणाली अवरुद्ध पारिएको ठाकुरले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

उपसभापति डा.स्वर्णिम वाग्लले रास्वपाको वाचा पत्रको खाका पेस गर्दै छन् । त्यसभन्दा अघि सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानको प्रतिवेदन पेस हुने छ ।...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...
पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

उनी जेठ १४ गते कारागारबाट रिहा भएका थिए । छुटेलगत्तै उनी गम्भिर बिरामी परेका थिए । ब्रेन स्ट्रोक भएपछि उनले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए । पछिल्ला...
बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८  करोड बराबरको बीमा दावी

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८  करोड बराबरको बीमा दावी

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी...