नेभिगेशन
सबै कुरा

सङ्घीय संसद्का आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न छलफल

काठमाडौँ ।  सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक÷सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको छ ।     

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन गर्दै आएको छ । आन्दोलनरत कर्मचारीले संसद् र्बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।       

Ncell
Extreme Energy

छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको छ ।  हाल संसद् सचिवालयमा तीन सय ९० कर्मचारीका कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...