नेभिगेशन
सबै कुरा

दुर्लभ ५ वटा विश्व रेकर्ड बनाएका नेपाली सैनिक हरिचन्द्र गिरी

काठमाडौँ । तीन वर्षअघि दाङका हरिचन्द्र गिरीले आमालाई काठमाडौँ घुम्न बोलाए । आमालाई लिएर उनी भक्तपुर दरबार स्क्वाएर घुम्न गए । दरबार घुम्दै गर्दा आमा न्यातपोल दरबारको आँगनमा उभिइरहेकी थिइन् । हरि अग्ला खुड्किला भएको न्यातपोल मन्दिरको माथिल्लो सिँडीलाई हातले टेकेर उल्टो गरी ओरालो झर्न थाले । ‘न्यातपोलको सिँडीमा छोराले उल्टो गरी हातले टेकेर हिँडेको देखेर आमा आत्तालिनु भयो, रुन थाल्नु भयो । म सिँडी ओर्लने बेलासम्म आमा रोइरहनु भएको थियो,’ गिरीले आफ्नो अभ्यासको पुराना दिन सिधाकुरासँग साटे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

नेपाली सेनाका लेसनायक हरिचन्द्र गिरी ५ वटा विश्व कीर्तिमान राख्न सफल नेपाली सैनिक हुन् । पछिल्लो ४ वर्षमा मात्रै गिरीले हातले टेकेर अग्ला भर्याङबाट झर्ने देखि ट्रकको टायरमा स्किपिङ गर्नेसम्मका दुर्लभ विश्व रेर्कड गिनिज वल्र्ड रेकर्डमा दर्ज गराएका छन् । नेपाली सेनाका सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा कार्यरत उनी दाङको देउखुरीका हुन् । सानैदेखि फूर्तिला उनलाई जिमन्याष्टिकका अनेक विधामा रुची थियो । सन् २०१४ मा पहिलो पटक एक विदेशीले हातले टेकेर हिँडेर विश्व रेर्कड कायम गरेको देखेपछि उनलाई त्यस्तै रहर पालायो । सुगठित शरीर भएका गिरी त्यसपछि अग्ला खुुड्कीला भएको भर्याङमा हातले टेकेर झर्ने अभ्यास गर्न थाले । 

उनी कहिले स्वयम्भूको उकालोका खुुड्कीला हातले टेकेर झर्दै गरेका हुन्थे त कहिले अग्ला भवनका भर्याङ झरिरहेका हुन्थे । न्यातपोल मन्दिर परिसरमा आमालाई सोही अभ्यास देखाउन गिरीले खुड्किलोमा अभ्यास गरेका थिए । पहिले ५० वटा खुड्किला झर्न ४५ सेकेण्ड लाग्ने गरेकामा निरन्तरको अभ्यासमा उनले १२ सेकेन्ड ६५ मिलिसेकेन्ड मै ५० वटा सिँडी झर्न सक्ने बनायो । उकालोमा बनाइएको खुड्किलासहितको भर्याङमा, सामान्य मान्छेले हिड्ने भन्दा ठ्याक्कै उल्टो तरिकाले अर्थात दुुबै हातले टेकेर, दुुबै खुट्टा माथि फर्काएर भर्याङका खुड्किालाबाट आरोलो झर्ने त्यो पनि तिब्र गतिमा । 

उनले दाङको देउखुरीस्थित एक भर्याङको ५० खुड्किला जम्मा १२ सेकेण्ड ६५ मिलिसेकेण्डमा हातले टेकेर उनी झरे । गिरीले गरेको सो कार्य र समयले गिनिज वल्र्ड रेकर्डको यस अघिको रेकर्ड तोड्यो । स्वीट्जरल्याण्डका एक व्यक्तिको नाममा रहेको १४.५८ सेकेण्डमा ५० वटा खुड्किला उल्टो हिँडेर बनाएको रेकर्ड तोडेर गिरीले पहिलो विश्व रेर्कडमा नाम लेखे । 

एकै दिन दुई रेकर्ड

पहिलो रेर्कड राखेको केही समयमै गिरीले अर्का दुई विश्व रेर्कड पनि बनाए । त्यो पनि एकै दिनमा । सन् २०२२ मा गिरीले जमिनामा हातले टेकेर दुुबै खुट्टाको बिचमा फुटबल राखेर ५० मिटर दुुरी तय गरे । त्यो पनि जम्मा २५.५८ सेकेण्डमा । यो रेर्कड बनाउन उनले दुबै हातले टेकेर, दुबै खुट्टा माथि फर्काएर बिचमा फुटबल च्यापेर दूरी तय गरेका थिए । यसअघि एक चिनीयाँले २६.०९ सेकेण्डमा यस्तो रेकर्ड राखेका थिए । तर, हरिले ९ सेकेण्ड कममै सो बिधामा नयाँ किर्तिमान बनाए । 

उक्त खेलमा विश्व रेकर्ड बनाएको दिनमै हरिले १० मिटर दूरीमा पनि सोही खेलको रेकर्डका लागि प्रयास गरे । गिजिन वल्र्ड रेकर्डस्का लागि पनि नयाँ विधा रहेको सो खेलमा र समयमा उनले झनै दुर्लभ किर्तिमान बनाए । जमिनमा दुई हातले टेकेर, खुट्टाका बिचमा फुटबल राखेर जम्मा ४.४९ सेकेण्डमा उनले १० मिटर दुुरी पार गरे । यो रेर्कड यस अघि बनेकै थिएन। यो रेर्कड उनले नेपाली सेनाको मुख्यालयकै मैदानमा राखेका थिए । 

७५ खुुड्कीला २५.०३ सेकेण्डमा पहिलो रेर्कड जस्तै गरि हरिले चौथो रेर्कड पनि गिनिज वल्र्ड रेर्कडस्मा राखे । उनले ७५ वटा खुुड्कीला हातले टेकेर जम्मा २५.०३ सेकेण्डमा तय गरे । चौथो रेर्कडका लागि उनले काठमाडौँको बुढानिलकण्ठ स्थित एक गुम्बाको भर्याङ झरेर राखे । यही विधामा उनले ५० खुड्किलामा यसअघि नै विश्व रेकर्ड राखेका थिए । 

टायरमा चढेर १२० पटक स्किपिङ पाँचौ रेर्कड भने उनको शारीरिक सन्तुलनसँग सम्बन्धीत छ । ट्रकको टायर सिधा राखेर, टायरलाई गुड्न नदिई, त्यस माथि उभिएर डोरी नाग्ने अर्थात स्किपिङ गर्ने खेलमा उनले रेकर्ड कायम गरे । गिनिज वल्ड रेर्कडसमा यस अघि नभएको यो रेर्कडका लागि गिनिज वल्र्ड रेर्कडको कार्यालयले केही मापदण्ड बनाइदिएको थियो । जसअनुसार १ मिनेटमा ६० पटक स्किपिङ गर्न सके मात्रै पनि रेर्कड बन्ने थियो । तर, उनले २०२४ मा गिनिज वल्र्ड रेर्कडसले तोकेको न्युनतम मापदण्ड पनि पार गरे । टायरमाथि उभिएर एक मिनेटमा उनले १२० पटक स्किपिङ गरे । उनले यो रेर्कड नेपाली सेनाको खेलकुद केन्द्र भित्रै राखेका थिए । 

गिरीले सबै रेर्कड राख्नका लागि अनलाईबाट प्रस्ताव पेश गर्ने गरेका छन् । उनको प्रस्ताव स्वीकार भएपछि गिनिज वल्र्ड रेर्कडसले केही मापदण्ड सहित रेर्कडका लागि अनुमति दिन्छ । जसका लागि सबै कोणबाट भिडियो कैद गर्नुपर्छ । ‘रेर्कडका लागि गर्न लागेको काम र समय एकै फ्रेममा देखिने गरि भिडियो कैद गर्नुपर्छ । साथै दर्शकहरुका बिचमा पनि प्रर्दशन गर्नुपर्छ । यी सबै प्रक्रिया पुरा गरेपछि मात्रै विश्व रेर्कडको दाबी पेश गर्नुपर्छ,’ रेकर्ड राख्दाको अनुभव सुनाउँदै गिरी भन्छन् ‘उक्त भिडियो, समय तथा फारम हेरेपछि मात्रै गिनिज वल्र्ड रेकर्डसले रेर्कड मान्यता दिन्छ । मापदण्ड भन्दा थोरै फरक भएमा पनि विश्व रेर्कड कायम हुँदैन। ’ 

गिरीले यि सबै मापदण्ड र प्रक्रिया पुरा गर्दै नेपालबाटै ५ वटा विश्व रेकर्डको प्रमाणपत्र पाएका छन् । हरिले रेर्कड राखेको बाहेक पनि धेरै जोखिपूर्ण अभ्यास गर्दै आएका छन् । उनले हातले टेकेरै ढाडमा डोरी बाँधेरे गाडी समेत तान्न सक्छन् । साथै, उनले आँखामा पट्टी पाँधेर उल्टो हिंडेर सिढि झरिरहेका पनि हुन्छन् । 

विश्व रेर्कडदेखि ‘रियालिटि शो’ सम्म 

५ विधामा विश्व रेर्कड बनाएका उनलाई आफ्नो क्षमता विश्व मञ्चमा देखाउन मन छ । उनले अमेरीका गट ट्यालेन्टमा सहभागी हुन फारम पनि भरे । अडिसनका लागि उनलाई छानिएको पनि थियो । तर, अमेरीकाका लागि भिसा नपाउँदा सहभागी हुन पाएनन् । तर, फेरि पनि प्रयास गरिरहने गिरी बताउँछन् । 

अभ्यासकै समयमा एक पटक उनी यात्रा गर्दा दुर्घटना परे । दुई साता अस्पताल बसेका उनले करिब १ वर्ष बिस्तारामै आराम गर्नुपर्यो । उक्त समय हरिलाई आफू पुरानो अवस्थामा फर्कन सक्दिन की भन्ने निकै डर थियो । तर १ वर्षपछि उनी फेरि अभ्यासमा फर्कीए । अनेकन समस्याका बाबजुत आफूलाई अरु कयौं विश्व रेकर्डका लागि तयार राख्ने दौडमा आफू तल्लिन रहेको हरि बताउँछन् । 

नेपाली सेना र परिवारको साथ 

११ वर्षअघि नेपाली सेनामा प्रवेश गरेका उनी धनकुटामा तालिम सकिएपछि विराटनगर पोष्टिङ भएका थिए । त्यसपछि बागलुङको घोडाबाँधे ब्यारेकमा उनी पुगे । हरिलाई खेलकुदप्रतिको रहर, सुगठित शरीर देखेर नेपाली सेनाकै अधिकारीहरुले सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जान हौस्याउँथे । नभन्दै उनको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पदस्थापन भयो । जसले गर्दा उनको खेलकुदमा ठूलो ढोका खुल्यो । 

अहिले त्रिभुुवन आर्मी क्लवबाट प्रतिनिधित्व गर्ने उनले ५ वटा विश्व रेर्कड कायम गरेका छन्, जस मध्ये दुई वटा रेकर्ड तोडिने सम्भावना निकै कम रहेको गिरीको दाबी छ । 

हरि परिवारका एक्लो छोरा हुन् । टोलका अधिकांस युवाहरु नेपाली सेनादेखि भारतीय तथा बेलायती सेनामा भर्ती भएको देखेपछि उनी नेपाली सेनामा प्रवेश गरेका थिए । बाल्यकालबाट जिमन्याष्टीकका खेलहरुमा पोख्त उनी नेपाली सेना भित्र आएपछि झनै हाम्रो अभ्यास गर्न पाए । अहिले उनले राखेका रेर्कडप्रति परिवारलाई पनि गर्व छ । तर, अग्लो खुुड्कीला भएका सिँडीमा तिब्र गति उल्टो हिड्ने, हातले टेकेर ढाडमा डोरी बाँधेर गाडी तान्ने देखि टायरमै स्किपिङ गर्नेसम्मका जोखिमपूर्ण काम देख्दा बाबु आमाले गुनासो गर्ने गरेका छन् । तर, छोराले कमाएको ख्यातिका कारण उनीहरु दंङ्ग रहेको गिरी बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे एक साताअघि पक्राउ परे । उनीसँगै भिषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवा प्रालिका सञ्चालक अमृत बोहरा पनि समातिएका छन् ।...
अध्यादेश रोक्न राष्ट्रपतिलाई दबाब किन ?

अध्यादेश रोक्न राष्ट्रपतिलाई दबाब किन ?

संसद् अधिवेशन सम्मुखमा छ, अध्यादेश टेबलमा छ । यसको अर्थ सरकारले जस्ताको तस्तै जारी गर्न भनेको छ । अर्कोतिर विपक्षी दलहरुले सदन रोकेर अध्यादेश ल्याउन खोजिएको भन्दै अध्यादेश...
कसरी फिर्ता हुन्छ सहकारी पीडितको पैसा ?

कसरी फिर्ता हुन्छ सहकारी पीडितको पैसा ?

सरकारले जारी गरेको कार्यसूचीको ९९औं बुँदामा ‘सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया एक सय दिनभित्रै सुरु गर्ने’ उल्लेख छ । यही बुँदालाई कार्यान्वयन गर्न अहिले मन्त्रालयले यो कार्यविधि...
बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

तर, यो मान्यताका बाबजुद बालेन सरकारले हनिमुन परियडको सुविधा लिएन । संसद बैठकमा रास्वपा सभापति रवि लामिछानेले भनेका थिए– रास्वपा सरकारलाई हनिमुन पिरियडको सुविधा चाहिँदैन, सेकेण्ड सेकेण्ड हिसाब...