नेभिगेशन
सबै कुरा

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ

भदौ ३१, काठमाडौं - अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र  दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ । 

Extreme Energy
citizen life

उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ । पक्राउ परेकाहरुलाई आज सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए। 

प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको हो । उक्त कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगञ्जका डल्लुराम र सोही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो । 

अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी  पठाइएको  अर्को कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ । सोही क्रममा गाँजा लिन आउने भारतीय नागरिक  २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको डेराबाट थप सात सय २० ग्राम गाँजा बरामद गरिएको छ । 

हुलाकमार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो । उनीहरुको साथबाट नौ सय ३९ ग्राम ग्राजा बरामद गरिएको छ । 

ब्यूरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका९६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो। भन्सार पास भई सिल लगाइएको अवस्थामा रहेको उक्त...
भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली...
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...
श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार...

भर्खरै