नेभिगेशन
सबै कुरा

मनलाग्दी सवारी खरिदबारे लेखा समितिमा छलफल, गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गरिने

३१ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्यको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फछर्यौटका सम्बन्धमा यसअघि दिएका निर्देशनको अवस्थाबारे सरकार र महालेखा परीक्षकको कार्यालयसँग सुझाव लिन लागेको छ । 

बेरुजु फछर्यौटसम्बन्धी समस्या सम्बोधन गर्न सबै मन्त्रालय र आयोगका लेखा अधिकृतलाई बोलाएर छलफलका आधारमा साझा धारणा बनाएर अघि बढ्ने समितिको निष्कर्ष छ । 

City Express

बैठकले संघीय मन्त्रालय र आयोगको बेरुजु अध्ययन र विश्लेषण गर्न नौ वटा विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । सत्ताइस सदस्यीय लेखा र तीमध्ये आठ वटा तीन सदस्सीय र एक भने दुई सदस्यीय उपसमिति हुनेछ ।

उनले भने, ‘यसअघि दिएका निर्देशनको परिपालना, प्रगतिको अवस्था र अब दिइने निर्देशन कार्यान्वयनमा देखिनसक्ने चुनौतीबारे महालेखा परीक्षक र मुख्यसचिव समितिले निकट भविष्यमै छलफल र अन्तरक्रिया गर्ने कार्यसोच बनाएको छ ।’

समितिले मुलुकमा रहेका सरकारी सवारीसाधनको विवरण र प्रयोगबारे सरोकारवाला निकायसँग पनि जानकारी  माग्ने भएको छ । 

यसअघि बैठकमा सदस्य अमरेशकुमार सिंह, तेजुलाल चौधरी, योगेशकुमार भट्टराई, जनार्दन शर्मा, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, गोकुलप्रसाद बाँस्कोटालगायतले समितिको पहिलो र मुख्य काम भनेकै बेरुजु फछर्यौटसम्बन्धी भएकाले त्यसमा ध्यान केन्द्रित हुन आवश्यक रहेको बताएका थिए । 

बैठकमा सवारी साधनलगायत सरकारी खर्च बेपर्वाह ढङ्गबाट दुरुपयोग भएको, नयाँ सवारीसाधन आवश्यकता भन्दा सोखकारुपमा खरिद गर्ने गरिएको तथा गुठी र सरकारी जग्गाको दुरुपयोग रोक्न विशेष ध्यान पुर्याउनुपर्ने विषयले प्रवेश पाएको थियो ।

सिंहदरबार परिसरमा कर्मचारीको सङ्ख्याभन्दा सवारीसाधनको सङ्ख्या बढी रहेको, समितिले लोकप्रियताभन्दा तथ्य र वास्तविकताका आधार निर्णय र निर्देशन दिनुपर्ने तथा लामो समयदेखि बेरुजु फछर्यौट कार्यान्वयनको प्रश्न उठेकाले साझा रणनीतिसहित अघि बढनुपर्ने बैठकमा सदस्यहरुले सुझाव प्रस्तुत गरे । 

समितिले प्रत्येक वर्ष बेरुजु फछर्योटका लागि निर्देशन दिँदै जाने तथा बेरुजुको अङ्क घटनुको साटो बढदै जाने प्रवृत्तिलाई रोक्न विशेष ध्यान दिन आवश्यक रहेको समितिलाई सुझाव प्राप्त भएको थियो ।

 समितिले  अध्ययन, प्रमाण, प्रक्रिया र  कानुनी पाटोलाई पूरा गरेपछि मात्र आवश्यक निर्देशन दिने जानकारी दिँदै सभापति पोखरेलले भने, ‘महालेखा परीक्षकको ४४ देखि ६०औँ प्रतिवेदन अध्ययन गरी जिम्मेवारी पूरा गर्नुपर्ने हालको प्राथमिक विषय हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...