नेभिगेशन
सबै कुरा

मनलाग्दी सवारी खरिदबारे लेखा समितिमा छलफल, गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गरिने

३१ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्यको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फछर्यौटका सम्बन्धमा यसअघि दिएका निर्देशनको अवस्थाबारे सरकार र महालेखा परीक्षकको कार्यालयसँग सुझाव लिन लागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेरुजु फछर्यौटसम्बन्धी समस्या सम्बोधन गर्न सबै मन्त्रालय र आयोगका लेखा अधिकृतलाई बोलाएर छलफलका आधारमा साझा धारणा बनाएर अघि बढ्ने समितिको निष्कर्ष छ । 

Ncell
Extreme Energy

बैठकले संघीय मन्त्रालय र आयोगको बेरुजु अध्ययन र विश्लेषण गर्न नौ वटा विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । सत्ताइस सदस्यीय लेखा र तीमध्ये आठ वटा तीन सदस्सीय र एक भने दुई सदस्यीय उपसमिति हुनेछ ।

उनले भने, ‘यसअघि दिएका निर्देशनको परिपालना, प्रगतिको अवस्था र अब दिइने निर्देशन कार्यान्वयनमा देखिनसक्ने चुनौतीबारे महालेखा परीक्षक र मुख्यसचिव समितिले निकट भविष्यमै छलफल र अन्तरक्रिया गर्ने कार्यसोच बनाएको छ ।’

समितिले मुलुकमा रहेका सरकारी सवारीसाधनको विवरण र प्रयोगबारे सरोकारवाला निकायसँग पनि जानकारी  माग्ने भएको छ । 

यसअघि बैठकमा सदस्य अमरेशकुमार सिंह, तेजुलाल चौधरी, योगेशकुमार भट्टराई, जनार्दन शर्मा, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, गोकुलप्रसाद बाँस्कोटालगायतले समितिको पहिलो र मुख्य काम भनेकै बेरुजु फछर्यौटसम्बन्धी भएकाले त्यसमा ध्यान केन्द्रित हुन आवश्यक रहेको बताएका थिए । 

बैठकमा सवारी साधनलगायत सरकारी खर्च बेपर्वाह ढङ्गबाट दुरुपयोग भएको, नयाँ सवारीसाधन आवश्यकता भन्दा सोखकारुपमा खरिद गर्ने गरिएको तथा गुठी र सरकारी जग्गाको दुरुपयोग रोक्न विशेष ध्यान पुर्याउनुपर्ने विषयले प्रवेश पाएको थियो ।

सिंहदरबार परिसरमा कर्मचारीको सङ्ख्याभन्दा सवारीसाधनको सङ्ख्या बढी रहेको, समितिले लोकप्रियताभन्दा तथ्य र वास्तविकताका आधार निर्णय र निर्देशन दिनुपर्ने तथा लामो समयदेखि बेरुजु फछर्यौट कार्यान्वयनको प्रश्न उठेकाले साझा रणनीतिसहित अघि बढनुपर्ने बैठकमा सदस्यहरुले सुझाव प्रस्तुत गरे । 

समितिले प्रत्येक वर्ष बेरुजु फछर्योटका लागि निर्देशन दिँदै जाने तथा बेरुजुको अङ्क घटनुको साटो बढदै जाने प्रवृत्तिलाई रोक्न विशेष ध्यान दिन आवश्यक रहेको समितिलाई सुझाव प्राप्त भएको थियो ।

 समितिले  अध्ययन, प्रमाण, प्रक्रिया र  कानुनी पाटोलाई पूरा गरेपछि मात्र आवश्यक निर्देशन दिने जानकारी दिँदै सभापति पोखरेलले भने, ‘महालेखा परीक्षकको ४४ देखि ६०औँ प्रतिवेदन अध्ययन गरी जिम्मेवारी पूरा गर्नुपर्ने हालको प्राथमिक विषय हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।