नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

भिमकान्त भण्डारीको सुन तस्करी प्रकरणमा संलग्नता देखियो, थप अनुसन्धान गर्नुपर्छ : सरकारी वकिलकाे कार्यालय

३१ भदौ, काठमाडौं - ६० किलो सुन प्रकरणमा बिध ल्याबका सञ्चालक भिमकान्त भण्डारी कसुरमा सहभागी भएको विवरणसहितको अभियोग पत्र काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा दर्ता गराएको अवैध रुपमा सुन भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक  ऐन अन्तर्गतको कसूर तथा संगठित अपराध समेत मुद्दामा भिमकान्त भण्डारीको कसुर खुल्न आएको तर कागजसम्म गरी  कसुरदारको हैसियतले अनुसन्धान नभएको उल्लेख गरिएको छ । 

Everest cinsult

निजको हकमा थप अनुसन्धान भई अभियोग पत्र पेश गरिने पत्रमा उल्लेख गरिएको छ । 

भिमकान्तसँगै भिमबहादुर मगर समेत कसूरमा सहभागी भएको उल्लेख गरिएको छ । उनीसँग पनि कागज गरि कसुरदारका हैसियतले अनुसन्धान नभएकाले थप अनुसन्धान गरि अभियोग पत्र पेश गरिने उल्लेख गरिएको छ । 

त्यस्तै १४ चिनियाँ र ५ जना भारतीयको समेत सुन तस्करी प्रकरणमा संलग्नता रहेको अभियोग पत्रमा उल्लेख गरिएको छ । 


उनीहरुको तीन पुस्ते विवरण नखुलेको तथा पक्राउ नपरेकाले थप अनुसन्धान भई पक्राउ परेमा अभियोग पेश गरिने अभियोग पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...