नेभिगेशन
सबै कुरा

बिहानदेखि जारी रास्वपाको केन्द्रीय समितिको बैठकमा के भईरहेको छ ?

काठमाडौँ । विहान ८ः३० बजेबाट केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ । बैठकको अध्यक्षता गर्दै सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकालको मागअनुसार लाइभ गर्ने कि नगर्ने भन्नेबारे १५/१६ जनाको धारणा लिएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धारणा दिने प्रायः सबैले पार्टीको बैठक सञ्चालन कार्यविधि विपरीत आन्तरिक छलफलको विषय पार्टी रणनीति र कुटनैतिक पनि हुने भएकोले सार्वजनिक गर्न नहुने भन्दै लाइभ गर्न नहुनेमा जोड दिएको सभापति लामिछानेको सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

‘सभापति लामिछानेले लाइभ गर्ने महामन्त्रीको प्रस्ताव निर्णयार्थ पेश गर्नुभयो। सभापति लामिछाने र महामन्त्री ढकाललाई सहभागी नगराइएको प्रक्रियामा सत प्रतिशत सदस्यले लाइभ गर्न नहुनेमा अभिमत दिनुभयो। सभापति लामिछानेले बैठकको लाइभ नहुने निर्णय सुनाउनु भयो।’ सचिवालय सदस्यले भने ।

सदस्यहरुको अभिमतअनुसार सभापतिले सुनाएको निर्णयमा महामन्त्री ढकालले असहमति जनाएका थिए। र, आफू विरोध स्वरुप मुखमा मास्क र टेप लगाएर बैठकका सहभागी हुने जानकारी गराएका थिए। सोहीअनुरुप उनी बैठकमा सहभागी छन्। ढकालको निर्णय र गतिविधि बैठक सञ्चालनको विधि, प्रक्रिया र कार्यविधि एवं पार्टी अनुशासन र हित विपरीत रहेको भन्दै सदस्यहरुले आपत्ति जनाएपछि सभापति लामिछानेले बैठक १५ मिनेटका लागि स्थगित समेत गरेका थिए । 

सचिवालयले दिएको जानकारी अनुसार महामन्त्री ढकालले गरेका गतिविधिलाई अनुशासनको विषय बनाउने र आयोगले थप हेर्ने सहमतिपछि सभापतिले बैठक अगाडि बढाए। ढकालले गरेको गविविधि र दिएको अभिव्यक्तिले आन्तरिक लोकतन्त्रबारे पार्टी पंक्ति र सर्वसाधारणमा भ्रम सिर्जना हुने भएपछि बैठकको सुरुवातदेखि अन्त्यसम्मका प्रक्रिया सार्वजनिक गर्ने सहमति पनि भयो। त्यसपछि सभापति लामिछानेले महामन्त्री ढकाललाई समीक्षा यात्राको प्रतिवेदन प्रस्तुत गर्न समय दिएका थिए। तर, ढकालले प्रस्तुत नगर्ने बताउनु बताए। उनले प्रतिबेदन प्रस्तुत नगर्ने भए पश्चात सभापतिले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई प्रतिवेदन पेश गर्न समय समय दिए। त्यसपछि बुर्लाकोटीले १ घण्टा ३५ मिनेट लगाएर ढकालको ३२ पृष्ठको प्रतिवेदन पढेर सुनाएका थिए । 

बैठकमा ढकालको प्रतिवेदन उपर छलफल जारी छ। प्रायः सबै सदस्यले धारणाा राखिसकेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीले प्रभावित ढुङ्गेमा यातायात सञ्चालन, बेत्रावतीसम्म पुग्न सहज

बाढीले प्रभावित ढुङ्गेमा यातायात सञ्चालन, बेत्रावतीसम्म पुग्न सहज

नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ ।
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...