नेभिगेशन
सबै कुरा

महामन्त्री ढकालले राखेका प्रस्ताव सही थिए तर व्यवहार सही भएन : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिक वाग्लेले महामन्त्रीले राखेका प्रस्तावहरु सही भएपनि उनको शैलीका कराण धेरै केन्द्रीय सदस्यहरु असन्तुष्ट भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकपछि प्रतिक्रिया दिदै उपसभापति वाग्लेले महामन्त्री मुकुल ढकालको शैली ठिक नभएको बताएका हुन् । वाग्लेले सभापतिले राखेका केही प्रस्ताव समेत हाउसले अस्वीकार गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान ८ः३० बजेदेखि रास्वपा पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकमा पार्टीका महामन्त्री मुकुल ढकालले मुखमा पट्टी लगाएर सांकेतिक बिरोध गरेका थिए । उनलाई प्रतिवेदन पेश गर्न समय दिएपनि उनले प्रतिवेदन पेश गर्न अस्वीकार गरेका थिए । त्यसपछि सहमहमामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिवेदन पढेर सुनाएका थिए । 

Ncell
Extreme Energy

त्यसपछि सबै केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । सह प्रवक्ता मनिष झाकाअनुसार महामन्त्रीले भने बैठकमा बोल्न मानेनन् ।  लामो समय चलेको बैठकबाट महामन्त्री ढकाल साँझ बैठक छोडेर बाहिर निस्केका थिए । बाहिर निस्कने क्रममा उनले आफूमाथि पार्टीका दुई उपसभापतिले ह्यार्यासमेण्ट गरेको आरोप लगाएका छन् । त्यसको केही समयपछि बैठक सकिएको थियो । 

उपसभापति वाग्लेले आजकाे महामन्त्रीकाे व्यवहार स्वभाविक नभएकाे बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीले प्रभावित ढुङ्गेमा यातायात सञ्चालन, बेत्रावतीसम्म पुग्न सहज

बाढीले प्रभावित ढुङ्गेमा यातायात सञ्चालन, बेत्रावतीसम्म पुग्न सहज

नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ ।
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...