नेभिगेशन
सबै कुरा

आत्मसमिक्षामा रास्वपा !

काठमाडौँ । ‘पार्टीप्रतिको निराशाका कारण कहीँ न कहीँ बादल मडारिएको छ । जसका कारण निलो हुनुपर्ने रास्वपाको घण्टी कालो देखिएको छ । यो कालो बादललाई चिरेर फेरि घण्टीलाई निलो बनाउनुपर्छ ।’ यो राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले केही दिनअघि दिएको अभिव्यक्ति हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

पार्टी सभापति रवि लामिछानेलाई आफूले तयार पारेको समिक्षा प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भनेका थिए, ‘पार्टी (रास्वपा) बिरामी परेको छ । त्यसको उपचार गर्नु जरुरी छ ।’

महामन्त्री मुकुल ढकाल गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म समिक्षा यात्राका लागि भन्दै देश दौडाहामा निस्किएका थिए । उनले सो क्रममा ३८ जिल्लाको यात्रा गरे । ढकालका अनुसार सो क्रममा उनले २०७९ जना पार्टी सदस्यसहित ३ हजार व्यक्तिहरुसँग साक्षत्कार गरेका छन् । सोही यात्रा र छलफलको निष्कर्षलाई समेटेर उनले समिक्षा प्रतिवेदन तयार गरे । उनले सभापति रवि लामिछानेलाई यही असार १२ गते उक्त प्रतिवेदन बुझाउँदै अध्ययन गरी सार्वजनिक गर्न आग्रह गरे । त्यसपछि ढकाल पार्टी सुधार गर्नुपर्ने भन्दै आगो ओकलीरहेका छन् । 

उनले पार्टी सुधारका लागि प्रदेश संरचना खारेजीको पक्षका पार्टी उभिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जोड दिनुपर्ने, ओली प्रचण्डको साटो बालेन, गोपी हमालजस्ता स्वतन्त्र पक्षधरहरुसँग मिल्नु उचित हुने र पार्टीको जनमत निराशाजनक अवस्थामा रहेकोले पार्टीले कठोर निर्णय लिनुपर्ने लगायतका विषय उल्लेख गरेको बताएका छन् । 

उनको प्रतिवेदन बुझेपछि सभापति रवि लामिछानेले त्यसलाई आफुले सकारात्मक भएको र महामन्त्रीको चिन्ता स्वभाविक भएको प्रतिक्रिया दिएका थिए । 

महामन्त्रीले प्रतिवेदन बुझाएको एक सातापछि बुधबार पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको थियो । पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने र सोही क्रममा आफूले बनाएको प्रतिवेदन वाचन गर्ने बताएका थिए । तर, उनले भनेजस्तो केन्द्रीय समिति बैठक लाइभ भएन । पार्टीका केन्द्रीय सदस्यहरु ढकालको प्रस्तावको विपक्षमा बसे । त्यसपछि ढकालले मुखमा मास्क र मास्कमाथी पट्टी बाँधेर सांकेतिक बिरोध गरेर केन्द्रीय समिति बैठकमा बसे ।  


प्रत्यक्ष प्रसारण नुहने भएपछि ढकालले प्रतिवेदन प्रस्तुत गर्न मानेनन् । सहप्रवक्ता मनिष झाकाअनुसार ढकालले प्रस्तुत नगरेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिवेदन बाचन गरे । 

तर, यता ढकालले भने आफूले तयार पारेको समिक्षा प्रतिवेदनको अलग्गै प्रस्ताव पेश गरेको र सभापतिले सो प्रस्ताव पेश गर्न अनुमति नदिएको आरोप लगाउँदै उक्त प्रस्ताव मिडियामार्फत सार्वजनिक गरिदिए । 

के छ उक्त प्रस्तावमा ?

प्रस्तावको सुरुवातमा उनले आफूमाथि लागेको बिभिन्न आरोपको खण्डनसँगै जवाफ दिएका छन् । उनले प्रतिवेदनबारे मिडियामा दिएको अभिव्यक्तिबारे आफूलाई सोधिएको स्पष्टिकरणबारे धारणा राखेका छन् । जहाँ उनले रास्वपाको विधानमा महामन्त्रीलाई पार्टीका आयोगले स्पष्टिकरण सोध्न नमिल्ने बताएका छन् । उनले आफ्नो पार्टी बहुलवादी लोकतान्त्रिक पार्टी भएकाले अभिव्यक्ति स्वतन्त्रता रहेको बताएका छन् । 

उनले उक्त प्रस्तावमा आफूमाथि चारित्रिक प्रहार भएको पनि खुलाएका छन् । पार्टीमा गुरुआमालाई लिएर आयो भन्ने सन्दर्भमा आफूमाथि लागेको आरोपबारे ढकालले खण्डन गरेका छन् । उनका अनुसार असोज ३ गते नै निर्वाचन आयोगलाई बन्दसूचि बुझाइएको थियो र समानुपातिक सासंद सिफारिस गर्दा केन्द्रीय समिति सदस्य महेश्वर घिमिरेले दिएको प्रतिवेदनमा आधारित रहेर गरिएको थियो । 

फरक प्रसंगमा महामन्त्री ढकालले आफ्नो चरित्रमाथि नै गरिएको प्रहारबारे पार्टी नबोलेकोमा दुःख व्यक्त गरेका छन् । 

सोही प्रस्तावमा उनले सभापतिले बोलेका कुराको रेकर्ड राखेर त्यसको उत्तर दिनुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अरुले के बोलेका छन् मलाई मतलव छैन । मलाई तपाईँले बोलेका कुराहरु मतलव छन् । हिजो किन बोल्नुभयो ? बोलेका कुराहरु कहिले पुरा गर्नुहुन्छ ? टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध गर्छु अबका दिनमा काम गरेपछि मात्र बोल्नुहोला । 

उनले सभापति रवि लामिछानेलाई नेता मात्र बनेर नपुग्ने भन्दै राजनेता बन्न सुझाव दिएका छन् । उनले सभापति लामिछानको फोटो प्रचण्ड, ओली र देउवासँगै आउने गरेकोमा आपत्ति जनाउँदै लेखेका छन्, ‘सभापति ज्यू, झिँगासँग उडियो भने गुमा पुगिन्छ । मौरीसँग उड्यो भने महमा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि त्यस्तो आभास हुन थालेको छ । मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ ।’ 

उनले पार्टीको दिर्घकालिन रणनीति तय गर्न १०० दिनको खाका प्रस्ताव गरेका छन् । उनले अबको १०० दिनमा ‘रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ’ भन्दै खाका समेत पेश गरेका छन् । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरु २ हप्ता गुप्तबास बसेर भावी रणनीति तय गर्नुपर्ने उल्लेख गरेका छन् । उनको प्रस्तावमा भनिएको छ, ‘अबको २ हप्ता तयारी गरौँ, त्यसपछि सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्तबास जाऔँ ।’ गुप्तबासका क्रममा आफूले महामन्त्रीको राय राख्ने तर मत नराख्ने भन्दै ढकालले पार्टीको विधान, संगठनात्मक ढाँचा, अबको कार्यदिशा र महाधिवेशनको बाटो लगायतका विषयमा निर्णय गर्ने प्रस्ताव गरेका छन् । तर, उनको यो प्रस्ताव केन्द्रीय समिति बैठकमा भने पेश नभएको ढकालले जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको २ वर्ष पुरा भएको छ । यो छोटो अवधिमा यो रास्वपामा परिपक्क र पुराना दलहरुले बर्षौँ समयमा लिने अनुभव लिएको छ भने सोही अनुसारको उतारचढावहरु भोगेको छ । र अहिले सोही दलमा आन्तरिक विवाद छताछुल्ल भएको छ । 

सुरुवातमा पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले बिभिन्न असन्तुष्टी व्यक्त गर्दै आएका हुन्थे । तर, उनको बिरोधलाई खासै चासो दिइएको हुँदैनथ्यो । अहिले रास्वपाका महामन्त्री नै पार्टी बिरामी भएकोले उपचार जरुरी भएको बताउन थालेका छन् । उनले पार्टी बिरामी मात्रै भएको बताएका छैनन् निर्मम भएर समिक्षा गर्न आवश्यक रहेको सुझाएका छन् । उनैको प्रतिवेदनलाई महत्व दिदै पार्टीले पनि केन्द्रिय समिति बैठक राखेर छलफल सुरु गरेको थियो । 

बुधबार बसेको केन्द्रीय समितिको बैठक ठोस निष्कर्षबिना नै टुंगिएको छ । बैठक सकिनुअगावै बैठक छोडेर हिँडेका महामन्त्री ढकालले आफूमाथि ह्यारेसमेण्ट भएको आरोप लगाएका छन् । उनले पार्टीका दुई उपसभापतिले आफूमाथि ह्यार्यास गरेको अभिव्यक्ति दिएका छन् । यता पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भने महामन्त्रीको व्यवहार आफूले चिनेको मुकुल ढकालको जस्तो नभएको प्रतिक्रिया दिएका छन् । 

‘उहाँको व्यवहार मैले चिनेको मुकुल ढकाल रहेन ।’ वाग्लले भने, ‘ महामन्त्रीको प्रस्तुति अस्वभाविक, असहज र अप्राकृतिक रह्यो’ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

अनुगमनका क्रममा स्यार्ल्याक र ल्याक्टोजिन लगायत आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा मात्र बिक्री गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ। यस्ता वस्तुको खुला प्रचारप्रसार गर्ने वा...
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक, सहकारीदेखि नापी–मालपोत र सुकुम्बासी प्रगति विवरणसम्म एकै ठाउँमा हेर्न सकिने

मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक, सहकारीदेखि नापी–मालपोत र सुकुम्बासी प्रगति विवरणसम्म एकै ठाउँमा हेर्न सकिने

ड्यासबोर्डमार्फत समस्याग्रस्त सहकारीहरूको बचत फिर्ता तथा ऋण असुली,  सुकुम्बासी लालपुर्जा वितरण, स्थानीय तहबाट नापी–मालपोत सेवा, सहकारी अनुगमन, निजामती अस्पताल सेवा प्रदेशमा विस्तार गरिएको सम्पुर्ण विवरण हेर्न सकिने व्यवस्था...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
एमाले नेताले भने - देउवाको घरमा जलेको पैसालाई एआई भन्दा हाम्रो भोट घट्यो

एमाले नेताले भने - देउवाको घरमा जलेको पैसालाई एआई भन्दा हाम्रो भोट घट्यो

मंगलबार एमाले पुनर्गठन कार्यदलले गरेको छलफलमा धारणा राख्ने क्रममा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति देउवाको घरमा जलेको पैसाबारे नेतृत्वले अफवाह फैलाएको बताएका हुन्...

भर्खरै