नेभिगेशन
सबै कुरा

मंगलबारबाट उपत्यकामा द्रुत बस चल्ने, रातो रङ पोतिएको लेनमा अरु गुड्न नपाउने

काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका रुपमा द्रुत बस सञ्चालन हुने भएको छ । असोज ३ गतेबाट भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म द्रुत बस सञ्चालनका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

द्रुत बसका लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालको हो । यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ ।

Ncell
Extreme Energy

उक्त समयमा द्रुत सेवा अन्तर्गत सञ्चालित सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने छन् । यस सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठुला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।

उक्त द्रुत बसका निम्ति छुट्टयाएको लेनमा निजी गाडीहरू गुड्न पाउने छैन भने कार्यालय समयमा उक्त लेनमा निजी गाडी गुडाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने छ। 

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस जहाँ पायो त्यही रोकिने छैनन् । 

दु्रत बसका लागि १९ वटा बस स्टप तोकिएका छन् ।  सूर्यविनायक, थिमि, चारदोबाटो, कौशलटार, जडीबुटी कोटेश्वर, शान्तिनगर, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली, रत्नपार्कलगायत क्षेत्रमा स्टपहरू बनाइएको छ । 

दु्रत बस स्टपहरूमा रातो रङले मार्किङ गरिनेछ । यस्तै द्रुत बसका लागि छुट्टै ट्राफिक प्रहरी राखिने छ । दु्रत बस अन्य सार्वजनिक सवारीसाधन जसरी रोकिने छैनन् । रातो बत्तीमा पनि द्रुत बस रोकिने छैनन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जा क्षेत्रमा विराजभक्त श्रेष्ठले देखेका चुनौतीहरु

ऊर्जा क्षेत्रमा विराजभक्त श्रेष्ठले देखेका चुनौतीहरु

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो चुनौती आयोजना निर्माणभन्दा बाहिर रहेका नीतिगत तथा प्रक्रियागत अवरोध भएको बताएका छन्...
रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित

रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला कार्यसमितिको सभापतिमा ढालेन्द्र माझी निर्वाचित भएका छन् ।
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...