नेभिगेशन
सबै कुरा

मंगलबारबाट उपत्यकामा द्रुत बस चल्ने, रातो रङ पोतिएको लेनमा अरु गुड्न नपाउने

काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका रुपमा द्रुत बस सञ्चालन हुने भएको छ । असोज ३ गतेबाट भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म द्रुत बस सञ्चालनका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

द्रुत बसका लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालको हो । यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ ।

Extreme Energy

उक्त समयमा द्रुत सेवा अन्तर्गत सञ्चालित सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने छन् । यस सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठुला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।

उक्त द्रुत बसका निम्ति छुट्टयाएको लेनमा निजी गाडीहरू गुड्न पाउने छैन भने कार्यालय समयमा उक्त लेनमा निजी गाडी गुडाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने छ। 

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस जहाँ पायो त्यही रोकिने छैनन् । 

दु्रत बसका लागि १९ वटा बस स्टप तोकिएका छन् ।  सूर्यविनायक, थिमि, चारदोबाटो, कौशलटार, जडीबुटी कोटेश्वर, शान्तिनगर, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली, रत्नपार्कलगायत क्षेत्रमा स्टपहरू बनाइएको छ । 

दु्रत बस स्टपहरूमा रातो रङले मार्किङ गरिनेछ । यस्तै द्रुत बसका लागि छुट्टै ट्राफिक प्रहरी राखिने छ । दु्रत बस अन्य सार्वजनिक सवारीसाधन जसरी रोकिने छैनन् । रातो बत्तीमा पनि द्रुत बस रोकिने छैनन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...