नेभिगेशन
सबै कुरा

रास्वपा महामन्त्री मुकुल ढकालले तयार गरेको समिक्षा प्रतिवेदन सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको पार्टीको समिक्षा प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदन ढकाल आफैँले सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको प्रतिवेदन ३२ पृष्ठ लामो छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त प्रतिवेदन पढ्न यहाँ क्लीक गर्नुहोस् ।

Ncell
Extreme Energy

ढकालले विभिन्न ३८ जिल्ला पुगेर ३ हजार बढीसँग छलफल गरेर उक्त प्रतिवेदन बनाएका थिए । असार १२ गते उनले सभापति रवि लामिछानेलाई उक्त प्रतिवेदन अध्ययन गरी सार्वजनिक गर्न माग गर्दै बुझाएका थिए । 

त्यसपछि पार्टीले बुधबार केन्द्रीय समिति बैठक बोलाएको थियो । ढकालले उक्त बैठक लाइभ गर्नुपर्ने माग राखेका थिए । तर बैठक लाइभ गर्ने प्रस्ताव अस्वीकृत भएको थियो । उनले सोही प्रतिवेदनमा आधिारित भएर अर्को प्रस्ताप राखेका थिए । उक्त प्रस्ताव सभापतिले प्रस्तुत गर्न नदिएको उनको आरोप छ । पछि उनी मुखमा पट्टी बाँधेर बैठकमा बसेका थिए । त्यसपछि सहमहामन्त्रीले उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए । 

दिनभर चलेको बैठक नसकिदै ढकाल साँझ पार्टी कार्यालयबाट निस्कदै उनले आफूमाथि ह्यारेमेन्ट भएको प्रतिक्रिय दिएका थिए । त्यसपछि मध्यराति डा. ढकालको शैली ठिक नभएको भन्दै ७ दिनका लागि निलम्बन गर्ने पार्टीले निर्णय गरेको थियो । र अहिले ढकालले आफूले बनाएको प्रतिवेदन सार्वजनिक गरिदिएका हुन् । 

उक्त प्रतिवेदन पढ्न यहाँ क्लीक गर्नुहोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।