नेभिगेशन
सबै कुरा

रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर आज मृत्यु  भएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए ।  अरु चार जना साथीसँग घर फर्कने क्रममा उनीसहित अरु साथीहरुसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए । 

Marvel
Extreme Energy

घटनाबारे जानकारी पाउनासाथ नेपाली  सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र  जिल्ला  प्रहरी  कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो ।

घटनाको मुचुल्का पछि शव परीक्षणका लागी जिल्ला अस्पताल  लगिएको जिल्ला  प्रहरी  कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक  वीरेन्द्र थापाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा आर्थिक चलखेलको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्छः शेरबहादुर देउवा

पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा आर्थिक चलखेलको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्छः शेरबहादुर देउवा

‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्। यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ,’ देउवाले भने, ‘पार्टी पैसाको प्रभावमा होइन,...
मध्यावधि हारपछि ट्रम्पद्वारा स्टिफन मिलर चिफ अफ स्टाफ नियुक्त

मध्यावधि हारपछि ट्रम्पद्वारा स्टिफन मिलर चिफ अफ स्टाफ नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् ।
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

उनले भने, ‘सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म तपाईंहरुले हेर्नुभएको होला !  विचित्रको हुँदै नहुने कामहरु भएको देखाउँछन् नी ! त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार...

भर्खरै