नेभिगेशन
सबै कुरा

एआइजीमा बढुवा सिफारिस भएका पोखरेल मन्त्रीपरिषद्ले निर्णय नगर्दा डिआइजीमै अवकास

काठमाडाैँ । मन्त्रीपरिषद् बैठकले निर्णय नगरिदिँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डिआइजी) मै अवकाश भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार १० गते गृहमन्त्रालयका सचिव एकनारायण अर्यालको संयोजकत्वको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

Ncell
Extreme Energy

असार १८ गते एआइजी उमेशराज जोशी उमेरहदका कारण अवकाशमा गएका थिए। उनी अवकाशमा जानुपूर्व नै समितिले एआइजीमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको थियो। सिफारिसका आधारमा पोखरेल पनि उमेर हदका कारण २ दिनका लागि मात्रै एआइजी हुनेवाला थिए तर उनको विषयमा मन्त्रीपरिषद बैठकले कुनै निर्णय नगर्दा उनी डिआइजीमै अवकास भएका हुन् । 

डिआइजी पोखरेल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख थिए।

प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीको उमेर हद ५६ वर्ष हो । त्यसपछि उनीहरु स्वत अवकासमा जाने प्रावधान छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।