नेभिगेशन
सबै कुरा

जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले दिए राजीनामा

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । त्यस्तै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राजीनामा दिएका छन् ।

स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री किशोर शाह सुडीले आज प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

CG

पार्टीको आज बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता राईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

जनता समाजवादी पार्टीले यसअघि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...
एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

केन्द्रिय सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय अन्तीम समयसम्म पनि दुबै प्यानल मध्ये कुनै प्यानलमा नअटाउने देखेपछि उनले केन्द्रीय...
बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

सोमबार रास्वपाले वीरगंज महानगरपालिकामा आयोजना गरेको एक कार्यक्रम सहभागी भएका गाउँपालिका अध्यक्ष अन्सारी रास्वपा प्रवेश गरेका हुन । गाउँपालिका अध्यक्ष अन्सारीलाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश...

भर्खरै