नेभिगेशन
सबै कुरा

एमाले अध्यक्ष ओलीका सुरक्षा प्रमुख प्रहरी निरीक्षक थापाको मृत्युः अनुसन्धान गर्दै प्रहरी

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको आज मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक काठमाडौँ दरबन्दी भई हाल ओली निवास बालकोटस्थितमा सुरक्षा प्रमुखको रूपमा कार्यरत थापा आज सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थितमा आफ्नै निवासमा मृत भेटिएका जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 

Ncell
Extreme Energy

घटनास्थलमा पुगेको प्रहरी वृत्त जगातीका अधिकृतसहित टोलीले अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले मृतक थापाको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताए । 

के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्दै उहाँले शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान अघि बढाइने जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।