नेभिगेशन
सबै कुरा

गिरिबन्धु प्रकरणबाट आत्तिएर समिकरण फेर्ने दलले माओवादीलाई नैतिकता सिकाउन मिल्दैनः माधव सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भूटानी शरणार्थीको फाइल खोल्ने काम र बेचन झाको पक्राउले नै बेचैन हुदै एमालेले डुङ्गा प्वाल परेको देखेको टिप्पणी गरका छन् । गिरिबन्धु प्रकरणमा आत्तिएर समिकरण परिवर्तन गर्ने दलले माओवादीलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनले बताए । 

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले दुई दलहरुबीचको सहमति अपारदर्शी भएको र यसले स्थीरता नदिने पार्टीको निष्कर्ष रहेको भन्दै उक्त सहमति प्रति आशंका व्यक्त गरे । 

Global Ime Bank

सदनमा छलफल भइरहँदा पनि दुईदलबीच भएका सहमति बाहिर नआएको र मिडिया ट्रायल भइरहेको उनले आरोप लगाए । उनले दिनभर प्रधानमन्त्रीसँग छलफल गर्ने र अर्का नेताहरुलाई कांग्रेससँग सहमति गर्न व्यक्तिको घरमा पठाउने कामले नैतिकताप्रति पनि प्रश्न उठेको तर्क गरे । 

उनले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने व्यवस्था संविधानमा रहेको भन्दै प्रधानमन्त्रीले संविधानमा रहेको व्यवस्थालाई पालना गर्ने स्पष्ट पारे । सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले सरकार बन्ने बताए । 

उनले माओवादीले अन्य दलसंग सहकार्य गर्दा कुनै व्यक्तिको घरमा गएर अमुक सहमति नगरेको जिकिर गरे । सापकोटाले संविधान संशोधनका लागि प्रतिनिधिसभाका दुइतिहाई पुराउन कांग्रेस–एमाले सफल हुनसक्ने भएपनि राष्ट्रियसभामा असम्भव रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधको विरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौँ  जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो ।
नल्लु खोलाको बाढीपछि बाँच्नै सकस : मनसुनसँगै फर्किएको त्रास, सरकारकाे बेवास्ता (तस्बिरहरु)

नल्लु खोलाको बाढीपछि बाँच्नै सकस : मनसुनसँगै फर्किएको त्रास, सरकारकाे बेवास्ता (तस्बिरहरु)

ललितपुरको गोदावरी नगरपालिका–६ अन्तर्गत ढुङ्गे, जुरे डाँडा, नयाँ बस्ती, गैरी गाउँ र टुसाल गाउँका बासिन्दा अहिले पनि बाढीको त्रासमा दिनरात कटाइरहेका छन्। गत असोजमा नल्लु खोलामा आएको भीषण...
एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

एमालेभित्रको शक्ति-संघर्ष : मदन भण्डारी जन्मजयन्तीको कार्यक्रममा विद्या भण्डारीको ‘कमब्याक’ तयारी

पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी पत्नी विद्या भण्डारीले यसै कार्यक्रमबाट सक्रिय राजनीतिमा पुनः प्रवेशको सन्देश दिने तयारी गरेको खबर बाहिरिएसँगै एमालेभित्र खैलाबैला मच्चिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...
प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै, यस्तो छ तालिका

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्न लागेका हुन् ।

भर्खरै