नेभिगेशन
सबै कुरा

गिरिबन्धु प्रकरणबाट आत्तिएर समिकरण फेर्ने दलले माओवादीलाई नैतिकता सिकाउन मिल्दैनः माधव सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भूटानी शरणार्थीको फाइल खोल्ने काम र बेचन झाको पक्राउले नै बेचैन हुदै एमालेले डुङ्गा प्वाल परेको देखेको टिप्पणी गरका छन् । गिरिबन्धु प्रकरणमा आत्तिएर समिकरण परिवर्तन गर्ने दलले माओवादीलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले दुई दलहरुबीचको सहमति अपारदर्शी भएको र यसले स्थीरता नदिने पार्टीको निष्कर्ष रहेको भन्दै उक्त सहमति प्रति आशंका व्यक्त गरे । 

Ncell
Extreme Energy

सदनमा छलफल भइरहँदा पनि दुईदलबीच भएका सहमति बाहिर नआएको र मिडिया ट्रायल भइरहेको उनले आरोप लगाए । उनले दिनभर प्रधानमन्त्रीसँग छलफल गर्ने र अर्का नेताहरुलाई कांग्रेससँग सहमति गर्न व्यक्तिको घरमा पठाउने कामले नैतिकताप्रति पनि प्रश्न उठेको तर्क गरे । 

उनले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने व्यवस्था संविधानमा रहेको भन्दै प्रधानमन्त्रीले संविधानमा रहेको व्यवस्थालाई पालना गर्ने स्पष्ट पारे । सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले सरकार बन्ने बताए । 

उनले माओवादीले अन्य दलसंग सहकार्य गर्दा कुनै व्यक्तिको घरमा गएर अमुक सहमति नगरेको जिकिर गरे । सापकोटाले संविधान संशोधनका लागि प्रतिनिधिसभाका दुइतिहाई पुराउन कांग्रेस–एमाले सफल हुनसक्ने भएपनि राष्ट्रियसभामा असम्भव रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।