नेभिगेशन
सबै कुरा

कांग्रेस र एमालेको राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटङ्कीः झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस–एमालेले फजुलको कुरा गरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले राष्ट्रिय सहमतिको सरकार भन्ने नितान्त फजुल कुरा बाहेक केही नभएको बताएका हुन् । कांग्रेस–एमाले मिलेर सरकार बनाउने र केही आफुलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरुले साथ दिन सक्ने उनले बताए । 

Ncell
Extreme Energy

खनालले संसदीय व्यवस्थामा सामान्यतया बहुमत पुग्नेको सरकार बन्ने गरेपनि कुनै पनि देशका मुख्य मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटङ्की जस्तै रहेको टिप्पणी गरे । उनले नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको स्पष्ट पारे । खनालले ठूला पार्टीका नेताहरुमा रहेका असक्षमता र अयोग्यताका कारण देश अस्थीरताबाट गुज्रिरहेको बताए ।

उनले नयाँ सरकारको आधार स्पष्ट नभइसकेको अवस्थामा संविधान संशोधनको कुरालाई नियालिरहेकोे भन्दै एजेण्डाका आधारमा जोडदार प्रतिक्रिया आउने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।