नेभिगेशन
सबै कुरा

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । केन्द्रीय कार्यालय वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय बसिरहेको छ । आजको बैठकले पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि गरिएको कारबाही सम्बन्धमा छलफल गर्ने बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असार २० गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको थियो । सो बैठकले महामन्त्रीको सम्बन्धमा थप निर्णय लिन अनुशासन आयोगलाई निर्देशन दिएको थियो । र अनुशासान आयोगले प्रतिवेदन तयार गरेपछि आज केन्द्रीय समिति बैठक बोलाइएको हो । 

Marvel
Extreme Energy

महामन्त्री ढकालले पार्टीको निर्देशनमा विभिन्न ३८ जिल्ला पुगेर ३ हजार बढीसँग छलफल गरेर उक्त पार्टीको समिक्षा प्रतिवेदन बनाएका थिए । असार १२ गते उनले सभापति रवि लामिछानेलाई उक्त प्रतिवेदन अध्ययन गरी सार्वजनिक गर्न माग गर्दै बुझाएका थिए । 

त्यसपछि पार्टीले बुधबार केन्द्रीय समिति बैठक बोलाएको थियो । ढकालले उक्त बैठक लाइभ गर्नुपर्ने माग राखेका थिए । तर बैठक लाइभ गर्ने प्रस्ताव अस्वीकृत भएको थियो । उनले सोही प्रतिवेदनमा आधिारित भएर अर्को प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सभापतिले प्रस्तुत गर्न नदिएको  उनी मुखमा पट्टी बाँधेर बैठकमा बसेका थिए । 

दिनभर चलेको बैठक नसकिदै ढकाल साँझ पार्टी कार्यालयबाट निस्कदै उनले आफूमाथि ह्यारेमेन्ट भएको प्रतिक्रिय दिएका थिए । त्यसपछि मध्यराति डा. ढकालको शैली ठिक नभएको भन्दै ७ दिनका लागि निलम्बन गर्ने पार्टीले निर्णय गरेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा आर्थिक चलखेलको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्छः शेरबहादुर देउवा

पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा आर्थिक चलखेलको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्छः शेरबहादुर देउवा

‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्। यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ,’ देउवाले भने, ‘पार्टी पैसाको प्रभावमा होइन,...
मध्यावधि हारपछि ट्रम्पद्वारा स्टिफन मिलर चिफ अफ स्टाफ नियुक्त

मध्यावधि हारपछि ट्रम्पद्वारा स्टिफन मिलर चिफ अफ स्टाफ नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् ।
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

उनले भने, ‘सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म तपाईंहरुले हेर्नुभएको होला !  विचित्रको हुँदै नहुने कामहरु भएको देखाउँछन् नी ! त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार...

भर्खरै