नेभिगेशन
सबै कुरा

रास्वपाका डा. मुकुल ढकाल महामन्त्रीबाट बर्खास्त, साधारण सदस्यमात्र रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् । रास्वपाका सहप्रवक्ता मनिष झाका अनुसार आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले महामन्त्री तथा पार्टी प्रवक्ताबाट बर्खास्त गरी साधारण सदस्य कायम गरिएको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा रास्वपाको अनुशासन आयोगले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको थियो । तर केन्द्रीय समितिले साधारण रहने तर महामन्त्री र प्रवक्ताको पदबाट भने निष्कासन गरेको हो । 

Ncell
Extreme Energy

ढकाललाई पार्टीले गरेको निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन समितिमा जान सक्ने बताएको छ । 

यसअघि असार २० गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको थियो । सो बैठकले महामन्त्रीको सम्बन्धमा थप निर्णय लिन अनुशासन आयोगलाई निर्देशन दिएको थियो । र अनुशासान आयोगले प्रतिवेदन तयार गरेपछि आज केन्द्रीय समिति बैठक बोलाइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।