नेभिगेशन
सबै कुरा

रक्सी तस्करीको ‘हब’ बन्दै महोत्तरी

काठमाडौँ । भारतको बिहार राज्यमा मादक पदार्थ विक्रीवितरण तथा सेवनमा राज्य सरकारले प्रतिबन्ध लगाएपछि महोत्तरीको सिमावर्ती क्षेत्रमा नेपालबाट भारततिर रक्सी तस्करी हुने कार्य बढेको पाईएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालसँग सिमा जोडिएको बिहार राज्यका स्थानियहरु मादक पदार्थ सेवन गर्न दिनहुँ सिमावर्ती क्षेत्रमा खोलिएका अवैध रक्सी पसल भट्ठीहरुमा आउजाउ गर्ने गरेका छन् । जसले नेपालमा आपराधिक घटनामा वृद्धि सँगै समाजिक गतिविधिमा समेत खलल पुर्याएको स्थानीय बताउँछन् । 

Ncell
Extreme Energy

रक्सी तस्करी कार्यमा नेपाल र भारत दुवै देशका नागरिकको संलग्नता हुने गरेको छ । सुरक्षा निकायले यस्ता तस्करी कार्यहरुमा प्रतिबन्ध लगाउन नियमित सिमावर्ती क्षेत्रमा निगरानी राखेको दाबी गर्दै आएपनी तस्करी निरन्तर बढिरहेको छ । 

पछिलो ४ महिनामा शस्त्रप्रहरी बल महोत्तरीले ५० लाख बराबरको विभिन्न ब्राण्डका रक्सी सहित तस्करीमा संग्लन नेपाली तथा भारतिय मोटरसाईकल जलेश्वर भन्सार कार्यालयमा बुझाएको महोत्तरीका शशस्त्र प्रहरी उपरिक्षक विनोद के सी ले बताए । उनका अनुसार महोत्तरीको सम्सी खखना, गैढाभेटपुर, सोनमा,ईटहरवाकट्टी, बसबिट्टी, धबौली, खैरा, चौरिया, बथनाहा, पर्सा पतैली लगायतका सिमावर्ती गाउँहरु रक्सी तस्करीको मुख्य र सहज एग्जिट पॉइन्टको रूपमा चिनिएको छ । गाउँको सांघुरो सडक, खेत बाटो को प्रयोग गरी बिहान रातिको समय तस्करहरु बढ़ी सक्रिय हुने गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।