नेभिगेशन
सबै कुरा

न्युरोडको पार्किङ : सडकबाट हट्यो, गल्ली छिर्यो (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने दुईपाङ्ग्रे सवारी साधनको पार्किङ्ग हटाएपछि अहिले गल्ली र चोकहरु पार्किङ्ग स्थलको रुपमा परिणत भएका छन् ।

विशेष गरि महानगरपालिकाभित्र वसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डव वरिपरिका क्षेत्र, मारुहिती क्षेत्र अहिले पार्किङ्ग स्थल बनेका छन् । त्यसैगरि संकटा मन्दिर क्षेत्र पनि पार्किङ्ग स्थलमा परिणत भएको छ । 

CG

साँस्कृतिक नगरिको रुपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरु मोटरसाइकल र स्कुटरले छोपिएको छ । 

यसरी गल्ली र चोकहरुमा पार्किङ्ग गर्नाले पैदलयात्रा गर्ने सर्वसाधारणलाई समस्या परेको भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले के सन्देश र सूचना लिने हो यस कुरा पनि सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिएको छ । 

न्युरोडको पार्किङको विकल्पमा महानगरले सुन्धारामा पार्किङ्गको निशुल्क व्यवस्था गरिदिएको छ तर पसल अगाडि लगेर मोटरसाइकल रोक्ने बानीले गल्लीहरु पार्किङ्मा परिणत भएका छन् । 


















प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

नौ वर्षमा पाँचपटक म्याद थप्दा पनि नसकिएको सडकको ठेक्का रद्द गरेर पुनः ठेक्काका लागि अन्तिम मूल्याङ्कनमा रहेको पर्वतस्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
उम्मेदवारको पर्खाइमा छन् सीमावर्ती कचनकबलका मतदाता

उम्मेदवारको पर्खाइमा छन् सीमावर्ती कचनकबलका मतदाता

कचनकवल गाउँपालिका–५ का पूर्णकुमार गणेश भन्छन्, ‘समाचार र सामाजिक सञ्जालबाट चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने जानकारी छैन । पहिलेपहिले चुनाव...
कास्की क्षेत्र नं २ः कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की क्षेत्र नं २ः कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

विसं २०६४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रमा पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा पर्दथे । यस निर्वाचनमा...
निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । त्यसैगरी,  दैलेख...