नेभिगेशन
सबै कुरा

७६ (२) अनुसार नै नयाँ सरकार बन्छ, परिणाम दिन सक्नेहरु मन्त्री बन्छन्ः एमाले

काठमाडौँ । नेकपा एमालेले सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले अव बन्ने सरकारलाई प्रभावकारी बनाउनका लागि सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो । असार २८ गते प्रधानमन्त्रीको विश्वासको मत लिने कामपछि सरकार गठनको प्रक्रिया सुरु हुने र त्यसपछि विस्तृत रुपमा मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरुका बिषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले एमाले–कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र अन्य दललाई संख्याका आधारमा प्रतिनिधित्व गराउने बताए । ज्ञवालीले केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको भन्दै संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने बताए । 

Ncell
Extreme Energy

बैठकले सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई आफ्नै भुगोलमा फर्काइने र नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको छ । जस अनुसार केन्द्रीय सदस्यहरूलाई तल्लो इकाइको आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मा दिने गरि आधारभूत इकाई निर्वाचन क्षेत्रको समन्वय कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्ने ज्ञवालीले जानकारी दिए । त्यस्तै प्रदेशले कार्यविभाजन गर्दा पालिकालाई आधार र जिल्लाले वडालाई, पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरि मापदण्ड निर्धारण गरिएको उनले बताए । 

बैठकले सबै जिल्लाहरुलाई साउन महिनाभित्र पार्टी सदस्य नविकरण गर्न निर्देशन दिएको छ । यो बर्ष अभियानकै रुपमा ६६ जिल्लामा अधिवेशन गरेको र बाँकी जिल्लालाई कार्तिकभित्र अधिवेशन गर्न बैठकले निर्देशन दिएको ज्ञवालीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।