नेभिगेशन
सबै कुरा

आगामी ३ दिनसम्म उच्च वर्षाको सम्भावना, यी क्षेत्रमा छ बाढीको जोखिम

काठमाडौं । केही दिनदेखि निष्क्रिय रहेको पुन सक्रिय भएको छ । जसका कारण देशभर साधारण बदली भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बिहिबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । 

Ncell
Extreme Energy

त्यस्तै आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, नवलपरासी र आसपासका जिल्ला भई बग्ने अधिकांश नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा

आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । साथै ताप्लेजुङ्ग, संखुवासभा, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बग्ने अधिकांश ससाना नदीहरुको बहाव बढ्ने तथा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । 

त्यस्तै आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती, नदीको जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने, 'सरकार तपाईहरुसँगै छ'

टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने, 'सरकार तपाईहरुसँगै छ'

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरुको सुरुङमार्गमा फसेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुनसक्ने प्रधानमन्त्री शाहको भनाइ छ । “विज्ञहरू भन्नुहुन्छ, भोटेकोशी नदीमा आएको बाढी, हिमनदीको एउटा सिङ्गै भाग...
बाढीग्रस्त क्षेत्रमा खर्च गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो

बाढीग्रस्त क्षेत्रमा खर्च गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्नुहुन्छ। प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको...
आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

भोटेकोशी बाढीको सातौँ दिन भइसक्दा पनि नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य सफल हुन सकेको छैन ।

भर्खरै