नेभिगेशन
सबै कुरा

बस्ती पस्दैछ बलान नदीको बाढी

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान नगरपालिका—२३ बसनपुरका गङ्गाप्रसाद यादवले भने । यादवको करिब १५ वर्षअघिसम्म तीन बिघा खेत थियो । बलान नदीले उर्वर जमिन बर्सेनि कटान गरेपछि अहिले उनको बिचल्ली भएको छ । आठ कठ्ठा आँपको बगैँचा रहेको जग्गा पछिल्लो दुई दिनमा बाढीले कटान गर्यो । 

Ncell
Extreme Energy

बाढीले जग्गा कटान गरेपछि सञ्जयकुमार यादवको अवस्था पनि गङ्गाप्रसादको जस्तै छ । बाढीले १० बिघा जमिन कटान गरेको उहाँको भनाइ छ । बाढीले बाँकी रहेको घर जग्गा बगाउने उनको चिन्ता व्यक्त गरे । सञ्जय र गङ्गाप्रसादको जस्तै बलान नदी तटीय क्षेत्रका सयौँं परिवारको बिचल्नी छ । इटहर्वा, भगवानपुर, तिलेबोनालगायत गाउँ बलान नदीको बाढीको चपेटामा छन् । 

लहान नगरपालिका–३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका–३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेबोना तथा भगवानपुर गाउँपालिका–१, ३ र ४ वडामा पर्ने भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेका सखुवानन्कारकट्टी गाउँपालिकाका–४ का हरिलाल यदवले जानकारी दिए । बाढीले बसनपुरमा २२ बिघा, भगवतीपुर मौजीमा ५१ बिघा र सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ । चुरे दोहनका कारण नदीले धार परिवर्तन गरेको स्थानीय बताउँछन् । “जमिन कटानपछि बाढी गाउँ पस्ने गरेको छ”, स्थानीय मुशहरु यादवले भने । 

बलान नदी नियन्त्रणका लागि पहल भएपनि कटानको समस्या समाधान हुन नसकेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । “नगरपालिकाले चालु आर्थिक वर्षमा मात्र रु ५० लाखको तारजाली र ढुङ्गा बिछ्याएको छ, तर समस्या उस्तै छ”, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डिएनए परीक्षणकाे प्रक्रिया

बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डिएनए परीक्षणकाे प्रक्रिया

नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा...
बाढीले डुबाएको विद्यालय सफाइमा सेना

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ ।
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।