नेभिगेशन
सबै कुरा

कास्की पहिरोे अपडेट : मृतकको सङ्ख्या ११ पुग्यो

पाेखरा । कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोेमा मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो ।  यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।  मृतकको  शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डिएनए परीक्षणकाे प्रक्रिया

बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डिएनए परीक्षणकाे प्रक्रिया

नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा...
बाढीले डुबाएको विद्यालय सफाइमा सेना

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ ।
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।