नेभिगेशन
सबै कुरा

चितवन पहिरो : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

चितवनन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।  नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए ।  बसमा ६५ जना सवार रहेको बताइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको  जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए र 

Ncell
Extreme Energy

आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए  । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उहाँले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डिएनए परीक्षणकाे प्रक्रिया

बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डिएनए परीक्षणकाे प्रक्रिया

नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा...
बाढीले डुबाएको विद्यालय सफाइमा सेना

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ ।
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।